काठमाडौं – शाहरुख खान अभिनित फिल्म पठानले कमाईको सबै रेकर्ड तोडेको छ । फिल्मले विश्वभर १०५० करोडभन्दा बढी कलेक्सन गरेर इतिहास रचेको छ ।
अब पछिल्लो रिपोर्ट अनुसार शाहरुखले यो फिल्मको लागि एक रुपैया पनि लिएका छैनन् । सामान्यतया चलचित्र साइन गरेपछि कलाकारले आफ्नो निश्चित पारिश्रमिक लिने गरेको देखिन्छ तर शाहरुखले त्यसो गरेनन् । शाहरुखले कुनै शुल्क नलिई फिल्मको कमाईको ६० प्रतिशत हिस्सा लिएका थिए । त्यसअनुसार पठानबाट उनले करिब २०० करोड कमाएका छन् ।
फिल्म निर्माण गरेको यशराज फिल्म्सले ३३३ करोड नाफा कमाएको छ । बलिउड हंगामाको रिपोर्ट अनुसार पठानले भारतमा मात्रै ५४५ करोड भारु जम्मा गरेको छ । विदेशमा हुँदा फिल्मले ३९६.०२ करोड कमाएको थियो । यस अनुसार फिल्मको कुल कमाई १०५० करोड नाघेको छ । जसमध्ये भारतीय वितरकले २४५ करोड र विदेशी वितरकले १७८ करोड प्राप्त गरेका छन् ।








