Deneme Bonusu Veren Siteler
आइतवार, साउन १०, २०८३
Sunday, July 26, 2026

काठमाडौँ – बलिउड अभिनेता सलमान खान अभिनीत फिल्म ‘किसिका भाइ किसिकी जान’ को ट्रेलर सार्वजनिक भएको छ। सोमबार सलमान खान फिल्म्स युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा सलमानको एक्सन दृश्य समावेश गरिएको छ।

फरहाद सम्जीले निर्देशन गरेको फिल्ममा सलमानसँगै पूजा हेग्डे, शहनाज गिल, भाग्यश्री, भूमिका चावलालगायत कलाकारको अभिनय छ। फिल्मको कथा सलमानले तयार पारेका हुन्। फिल्म निर्माणमा सलमान खान फिल्म्स ब्यानरले जिस्टुडियोसँग सहकार्य गरेको छ। यो फिल्म इदको अवसर पारेर अप्रिल २१ देखि रिलिज हुँदैछ।

 

 

तपाईको प्रतिक्रिया