Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस् :

काठमाडौँ – भारतीय गायक हनी सिंह नेपाल आइपुगेका छन् । सिंह चैत २५ गते (अप्रिल ८, शनिबार) बौद्धस्थित होटल ह्यात रिजेन्सीको सांगीतिक कार्यक्रममा सहभागी हुन आज काठमाडौँ आइपुगेका हुन् । युनिफाइ नेपालको आयोजनामा हुने सांगीतिक कार्यक्रममा सहभागिता जनाउन शुक्रबार सिंह नेपाल आएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएपछि सिंहले नेपालमा पहिलोपटक नेपालमा कार्यक्रम गर्न पाउँदा खुसी भएको प्रतिक्रिया दिएका थिए । ‘धेरै समयदेखि नेपालमा कार्यक्रम गर्ने योजना रहे पनि यसपटक सफल भएको छ,’विमानस्थलमा आयोजकसँगै कुरा गर्दै उनले भनेका छन्,’ भोलि हुने कार्यक्रमका लागि एकदमै उत्साहित भइरहेको छु ।’

नेपाल भारतको छिमेकी मुलुक भएकाले आफूलाई धेरै मनपर्ने सिंहले बताए । सांगीतिक कार्यक्रमले एकआपसमा जोड्न सहयोग पुर्‍याउने र संगीतले सबैलाई जोड्न सक्ने सन्देश प्रवाह गर्न आएको हुँ,’ उनले सुनाए ।

 

तपाईको प्रतिक्रिया