Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

काठमाडौँ । मार्मिक गीत ‘न कसैको डर…’ सार्वजनिक भएको छ । गायक सागर विरही, इन्द्र जिसी, कुमारी चेपाङ र मनीषा भुजेलको स्वरमा रहेको गीत भुजेल फिल्मस् मार्फत सार्वजनिक भएको हो ।

गीतले प्रेमी जोडीले गाउँमा बस्न सक्ने वातावरण नभएको कथालाई बोलेको छ । सम्पत्ति र सन्तान पनि आफूसँग नहुँदा टाढा जानुको विकल्प नरहेको मार्मिक शब्दलाई गीतमार्फत व्यक्त गरिएको छ । युवादेखि पाकासम्मलाई लक्षित बनेको गीतले श्रोता दर्शकले रुचाउने अपेक्षा गरिएको छ ।

शब्द/संगीत सागर विरहीकै रहेको गीतको भिडिओमा इन्द्र जिसी, राम परियार, कुमारी चेपाङ र मनीषा भुजेललाई देख्न सकिन्छ । गीतको छायांकन ताराकान्त विक, पदम ल्वागुन र लक्षुमन ल्वागुनले गरेका हुन् भने समीप सुनारको सम्पादन छ ।

तपाईको प्रतिक्रिया