Deneme Bonusu Veren Siteler
आइतवार, साउन १०, २०८३
Sunday, July 26, 2026

काठमाडौँ – हलिउड अभिनेत्री एवम गायिका सेलेना गोमेज आफ्ना गीत संगीत तथा अभिनयका कारण संसारभरका दर्शकको मनामा राज गर्न सफल छिन्। अब सेलना सामाजिक सञ्जाल इन्स्टाग्राममा समेत सर्वाधिक लोकप्रिय सेलिब्रेटी बनेकी छन्। उनी पछिल्लो समय सर्वाधिक पछ्याइने सेलिब्रेटीको पहिलो स्थानमा आएकी छन्। अहिले इन्स्टाग्राममा उनलाई संसारभरका चार करोडभन्दा बढी प्रशंसकले पछ्याइरहेका छन्। सेलेनाले केही समयअघि मात्र इन्स्टाग्रामबाट ब्रेकलिने घोषणा गरेकी थिइन्।

तर, त्यसको केही दिनमा नै उनी सर्वाधिक फलो गरिएको सेलिब्रेटी बनिन्। यसभन्दा अघि अभिनेत्री काइली जेनर पहिलो नम्बरमा थिइन्। तर, सेलेनाले काइलीलाई उछिन्दै यो स्थान हासिल गरेका हुन्। काइलीको भने हाल इन्स्टाग्राममा ३८.२ करोड फलोअर्स रहेका छन्।

 

तपाईको प्रतिक्रिया