Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

काठमाडौँ – बलिउडका चर्चित अभिनेता एंव निर्देशक सतीश कौशिकको निधन भएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार सतीशको ६७ वर्षको उमेरमा भएको हो।

अभिनेता अनुपम खेरले बिहीबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत ट्वीट गर्दै सो कुराको जानकारी दिएका हुन्। अनुपमले लेखेका छन्, ‘मृत्यु संसारको शाश्वत सत्य हो तर मैले आफ्नो प्रिय साथीबारे यसरी लेख्नुपर्ला भनेर सपनामा पनि सोचेको थिइनँ।’

उनको मृत्युको कारण भने खुलाइएको छैन। सतीशको जन्म १३ अप्रिल १९६५ मा हरियाणामा भएको थियो। दिल्लीमा माध्यामिक शिक्षा पूरा गरेका सतीश किरोरी माल कलेजबाट स्नातक गरेपछि नेशनल स्कुल अफ ड्रामा (एनएसडी) मा भर्ना भएका थिए।

सन् १९८५ मा उनले शशि कौशिकसँग विवाह गरे। सतीशले सन् १९८३ मा बलिउडमा डेब्यू गरेका थिए। यसअघि उनले थिएटरमा काम गरेका थिए। उनी एक अभिनेता, हास्य कलाकार, पटकथा लेखक, निर्देशक र निर्माता थिए।

सतीशलाई सन् १९८७ मा फिल्म ‘मिस्टर इन्डिया’बाट पहिचान मिलेको थियो। त्यसपछि उनले सन् १९९७ मा ‘दिवाना मस्ताना’मा पप्पु पेजरको भूमिका निभाएका थिए। सतीशले १९९० मा ‘राम लखन’ र १९९७ मा ‘साजन चले ससुराल’का लागि सर्वश्रेष्ठ हास्य कलाकारको लागि फिल्मफेयर पुरस्कार प्राप्त गरेका थिए।

तपाईको प्रतिक्रिया