Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – लाहुरेको जिल्ला भनेर चिनिने म्याग्दीमा हाउजिङ व्यवसाय फष्टाउँदै गएपछि सदरमुकाम बेनीबजार वरिपरिका खेतीयोग्य जमिन मासेरै प्लटिङ गर्ने क्रम बढेको छ ।देशका अन्य सहरको तुलनामा म्याग्दीमा हाउजिङको विकास अझै भइनसके पनि त्यसको सम्भावना भने उच्च छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जनसङ्ख्या र व्यावसायिक प्रतिष्ठाको क्रम बढ्दै गएपछि म्याग्दीमा पनि हाउजिङको आवश्यकता बढ्दै गएको सरोकारवालाले बताएका छन् । सदरमुकाम बेनी बजारमा बसोवास गर्ने २०/२२ हजार मानिसमध्ये १३ हजार भन्दा बढी व्यक्ति ग्रामीण क्षेत्रबाट बसाइँ सराई गरी आएका हुन् । उनीहरुले सदरमुकाम बेनी र नजिकका ठाउँमा घडेरी किनेर घर बनाउन थालेपछि हाउजिङ संस्कृति फस्टाउँदै गएको व्यवसायी सुवीन श्रेष्ठको भनाइ छ ।

बेनी बजारमा मात्रै दुइ हजार भन्दा बढी घर रहेका छन् । तिनमा चार/पाँच करोड रूपैयाँसम्मका भवन तथा कम्प्लेक्स निर्माण भइसकेका छन् । हप्ताका औसत ४/५ वटासम्म घरका नक्सा पास हुने गरेको बेनी नगरपालिकाले जनाएको छ ।

दसैँ तिहारजस्ता चाडवाडको समय तथा भदौदेखि मङ्सिरसम्ममा घरका नक्सा बढी पास हुने गरेको बेनी नगरपालिका हुनुपूर्व बेनीबजारलाई समेटेको अथुङ्गे गाविसको तथ्याङ्कमा उल्लेख छ ।अहिले बेनी बजार र नजिकका बगरफाँट, बौर, अथुङ्गे, खबरा ,सिङ्गा लगायतका ठाउँमा घर निर्माण गर्ने क्रम बढेर गएको छ ।

जनसङ्ख्या वृद्धि र अव्यवस्थित बसोवास नियन्त्रण नहुँदा यहाँका खेतीयोग्य जमिन मासिँदै जान थालेको छ । बेनी बजारमा भाडामा घरका पुरै तला लिने क्रम पनि बढ्दै गएको छ । ग्राहकले पहिला घरका कोठामात्रै भाडामा लिने गरेकामा विगत दुई वर्षयता घरका तला नै लिने क्रम बढेको म्याग्दी उद्योग वाणिज्य सङ्घले जनाएको छ । कामकाजी व्यक्तिले कोठाको सट्टा तला नै लिन थालेपछि व्यवसायीहरुले पनि ५/६ तलाको घर बनाउन थालेका छन् ।

तपाईको प्रतिक्रिया