टोकियो । गायक पिताम्बर जिसी (प्रितम)को नयाँ गीत ‘तिमि कहाँ म कहाँ…’ सार्वजनिक भएको छ । उनको आफ्नै युट्युब च्यानल पिताम्बर जिसी (प्रितम)बाट सार्वजनिक भएको गीतमा शब्द, संगीत तथा स्वर स्वयम् जिसीकै रहेको छ ।
विगत १० वर्षदेखि जापानलाई आफ्नो कर्मथलो बनाउँदै आइरहेका पिताम्बरको सार्वजनिक गीतले माया-प्रेमको कथालाई समेटेको छ । प्रेम विदेश र प्रेमिका स्वदेशमा हुँदा आउने यादलाई गीतमार्फत व्यक्त गरिएको छ ।
प्रकाश भट्टको निर्देशनमा तयार भएको गीतको म्युजिक भिडिओमा प्रितम र सुगम शाहीको अभिनय देख्न सकिन्छ । राजेश घिमिरेले खिचेको भिडिओको मिक्सिङ राजकुमार बगरले गरेका हुन् ।
माया-प्रेमपछि प्रेमी विदेशमा हुँदा प्रेमिकाले अर्कैसँग बिहे गरेको प्रसङ्ग भिडिओमा देख्न सकिन्छ । युवा लक्षित बनेको गीतले श्रोता/दर्शकले रुचाउने अपेक्षा गरिएको छ ।








