Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

सुन्नुहोस् :

काठमाडौँ – भारतीय रियालिटी शो बिग बोस सिजन १६ को उपाधि र्‍यापर एमसी स्टानले जितेका छन्। आइतवार राति भएको ग्राण्ड फिनालेमा स्टेनले प्रतिस्पर्धी शिव ठाकरेलाई पछि पार्दै उपाधि जित्न सफल भएका हुन्। उनले बिग बोसको ट्रफीसहित नगद ३१ लाख भारतीय रुपैयाँ पुरस्कार हात पारेका छन्। साथै उनले एउटा कारसमेत जितेका छन्। यसअघि स्टेन एमटिभीका विजेता समेत भइसकेका छन्।

एमसीसहित प्रियंका चाहर चौधरी र शिव ठाकरे शीर्ष ३ फाइनलमा पुगेका थिए। प्रियंका अन्तिम तीनबाटै बाहिरिन्। तर, शोका संचालक सलमान खान भने प्रियंकालाई वास्तिक विजेता भनेका थिए। शीर्ष ५ मा शालिन भनोट र अर्चना गौतम पनि पुगेका थिए। शोको फाइनलमा सलमानले आफ्नो आगामी फिल्म ‘किसी का भाई किसकी जान’ को गीत ‘नाइयो लग्दा’ सार्वजनिक गरेका थिए। बिग बोसको विजेता बनेसँगै स्टानले आमाको सपना पूरा भएको बताउँदै सबैलाई धन्यवाद दिएका छन्।

तपाईको प्रतिक्रिया