Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

काठमाडौँ – मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडाले मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने भएको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालबीच मिर्गौला प्रत्यारोपण सेवा सुरू गर्ने सम्झौता भएको हो ।

डाइलासिस सेवा विस्तार गर्ने, जनशक्तिका लागि तालिम, अध्यापन आदि व्यवस्थापन गर्ने, एमसीएच युरोलोजी, डीएम. नेफ्रोलोजी, नर्सिङ विषयको स्नातक तथा स्नातकोत्तर तहलगायत शैक्षिक कार्यक्रम सञ्चालन लगायतका विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले बताउनुभयो ।

तपाईको प्रतिक्रिया