Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

टोकियो – पानामेनियाली सुरक्षा कम्पनी नर्ड सेक्युरिटीले २०२२मा सर्वाधिक प्रयोग भएका पासवर्डको सूची सार्वजनिक गरेको छ ।

जसअनुसार २०२२मा जापानमा सबैभन्दा बढी प्रयोग भएको पासवर्ड “123456” हो । यसका साथ साथै “password” र “1234” पनि पासवर्डको रुपमा अत्याधिक प्रयोग भएका छन् ।

त्यसपछि “1qaz2wsx” प्रयोग भएको छ । झट्ट हेर्दा जटिल देखिने यी अक्षर वास्तवमा किबोर्डको बायाँ भागमा क्रमश देखा पर्ने वर्णहरू मात्र हुन् । कम्पनीको सूचीमा शिर्ष अत्याधिक प्रयोग भएका पासवर्डहरुमा प्राय: सबै पासवर्डहरू एक सेकेन्डमा ह्याक गर्न सकिने सजिलो खालका भएको पाइएको छ ।

सूचीको शीर्ष ५०मा सामान्य रूपमा प्रयोग हुने पासवर्डहरू मध्ये “हिरोमी” र “मियुकी” जस्ता मानिसहरूको नामहरू छन् । त्यसैगरी “साकुरा” (चेरी ब्लसम) र “हिमावारी” (सूर्यमुखी) पनि धेरैले प्रयोग गर्ने गरेको देखिन्छ । त्यस्तै एनिमे र माङ्गा सम्बन्धित शब्दहरू जस्तै “डोरेमोन ” पनि निकै प्रयोग भएको देखिन्छ ।

कम्पनी अनुसार विश्वका ३० देशमा गरिएको अनुसन्धानमा “password” सबैभन्दा सामान्य रुपमा प्रयोग भएको छ । यो पासवर्ड ४९ लाख पटक प्रयोग भएको छ । दोस्रो सबै भन्दा धेरै प्रयोग भएको पासवर्ड “123456” रहेको छ र यो लगभग १५ लाख पटक प्रयोग भएको छ । इन्टरनेटमा यस्ता पासवर्ड सजिलै अनुमान गर्न सकिने हुन्छन् । उक्त अध्ययनले मानिसहरूमा इन्टरनेट सुरक्षाको ज्ञानका कम भएका कारण मानिसहरूको संवेदनशील सूचनाहरू खतरामा रहेको देखाएको छ।

नर्ड सेक्युरिटीले पासवर्डहरू सुरक्षित राख्नको लागि लामो,अद्वितीय पासवर्ड प्रयोग गर्न र एक ठाउँमा प्रयोग गरेको अर्को ठाउँमा पुन: प्रयोग नगर्न वा पासवर्ड व्यवस्थापन गरिदिने एप प्रयोग गर्न सुझाएको छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया