Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

काठमाडौँ – बार्सिलोनामा ३० भन्दा बढी उपाधि जितेका लेजेन्ड डिफेन्डर जेराड पिकेले सन्नयासको घोषणा गरेका छन्। उनले आफ्नो अन्तिम खेल शनिबार राति नउ क्याम्पमा अलमेरियाविरुद्ध खेल्ने छन्। ३५ वर्षिय पिकेले बाल्यकाल र अधिकांश समय बार्सिलोनामा विताएका थिए। तर उनले आफ्नो सिनियर करिअरको सुरुवात भने इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडबाट गरेका थिए। सन्नयास घोषणा गर्दै पिकेले भने ‘मैले सधै भन्दै आएको छु बार्सा भन्दा अरु टिम छैन् र यो यस्तै हुने छ।’

पिके २००४ सम्म बार्सिलोनाको किशोर टिममा थिए। त्यसपछि उनले म्यानचेस्टर युनाईटेडसँग सम्झौता गर्दै इंग्लिस प्रिमियर लिगमा ब्यबसायिक अनुबन्धन गरे। उनले त्यहाँबाट प्रिमियर लिग र च्याम्पियन्स लिग जितेका थिए। त्यसपछि उनी २००८ मा पुन क्याट्लान क्लब बार्सिलोना अनुबन्धन भए। त्यसपछि उनी लगातार टिमको महत्वपुर्ण सदस्यका रुपमा बार्सिलोनामा रहिरहेका छन्। जहाँ उनले ६०० खेल खेल्दै ८ लालिगा सहित ३० ट्रफि जितेका छन्। जहाँ तीन च्याम्पियन्स लिग ट्रफि र ७ कोपा डेल रे को उपाधि समेत रहेका छन्।

जारी सिजन बार्सिलोना च्याम्पियन्स लिगको समूहचरणबाटै बाहिरिसकेको छ भने लालिगामा रियलभन्दा एक अंकले पछि रहँदै दोस्रो स्थानमा रहेको छ। पिकेले अन्तराष्ट्रिय फुटबलबाट भने २०१८ मा सन्नयास घोषणा गरेका थिए। उनले स्पेनका लागि १०२ क्याप जित्दै २०१० को विश्वकप र २०१२ को युरोकपको उपाधि उचालेका थिए। उनले सन्नयास घोषणा गर्दै भने ‘मलाई फुटबलले सबथोक दियो, बार्सिलोनाले सबथोक दियो अनि समर्थकहरुले सबथोक दिए। त्यसैले अब मैले यो यात्रा अन्त गर्ने समय आएको छ।’

तपाईको प्रतिक्रिया