Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

काठमाडौं– स्पेनिस ला–लिगामा गएराति भएको खेलमा बार्सिलोनाले सहज जित निकालेको छ। घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले भिल्लारियलमाथि ३–० को सहज जित निकालेको हो। बार्सिलोनको जितमा रोबर्ट लेवान्डोस्की र अंशु फातीले गोल गरे। ३१औं मिनेटमा लेफ्ट विंगर जोर्डी अल्बाको क्रस पासमा भिल्लारियलका २ जना डिफेन्डरलाई बिट गर्दै लेवान्डोस्कीले उत्कृष्ट गोल गरेका थिए।

पहिलो गोल गरेको ४ मिनेटपछि पाउलो गाभीको पासमा गोल गर्दै लेवान्डोस्कीले अग्रतालाई दोब्बर बनाएका थिए। ३८औं मिनेटमा फेर्रान टोरेसको पासमा अंशु फातीले गरेको प्रहार पोस्टमा लागेर फर्किएको थियो। पोस्टमा लागेर बाउन्स भएको बलमा फातीले फनिसिङ गर्दै गोल गरेका थिए। ३१, ३५ र ३८ गरी पहिलो हाफको ७ मिनेटको अवधिमा ३ गोल गर्दै बार्सिलोनाले सानदार जित निकाल्यो।

बार्सिलोनको जितमा २ गोल गरेका पोलिस फरवार्ड लेवान्डोस्कीले ६ सय गोलको आँकडा पुरा गरे। उनले विभिन्न क्लब र देशका खेलहरुबाट ६०१ गोल गरे। सन् २००० पछि ६०० गोल पूरा गर्ने उनी तेस्रो खेडाली हुन्। यसअघि रोनाल्डो र मेस्सीले ६ सय गोलको आँकडा पूरा गरिसकेका थिए।

लेवान्डोस्कीले बायर्नबाट ३७५ खेलमा ३४४, बोरुसिया डर्टमुन्डबाट १८६ खेलमा १०३, पोलिस क्लब जिनिकबाट २१, पोलिस क्लब लेच पोजनानबाट २१ तथा पोल्यान्डको राष्ट्रिय टिमबाट १३४ खेलमा ७६ गोल गरेका छन्। बार्सिलोनामा आइसकेपछि १४ खेल खेलका लेवान्डोस्कीले १६ गोल गरिसकेका छन्। च्याम्पियन्स लिगमा ५ तथा ला–लिगामा ११ गोल लेवान्डोस्कीको नाममा छ।

भिल्लारियललाई हराएसँगै बार्सिलोनाले लिग लिडर रियल मड्रिडसँग दूरी घटाएको छ। ६ अंकको अग्रता बनाएको मड्रिड बार्सिलोनाको जितसँगै अंक दूरी ३ मा झारेको छ। समान खेल खेलेको रियलको २८ अंक छ भने बार्सिलोनाको २५ अंक छ।

 

तपाईको प्रतिक्रिया