Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौँ – चिनियाँ कम्युनिष्ट पार्टीको २० औं राष्ट्रिय अधिवेशन एक सातासम्म चल्ने भएको छ। साउथ चाइना मर्निङ पोष्टका अनुसार भोलि (आइतबार) सुरू हुने अधिवेशन शनिबारसम्म चल्नेछ। अर्को आइतबार पाँच वर्षका लागि चिनियाँ कम्युनिष्ट पार्टीको नयाँ नेतृत्व घोषणा हुनेछ। पार्टीको महासचिवमा सी चिनफिङ तेस्रो कार्यकालका लागि चुनिने लगभग पक्कापक्की छ। चीनका राष्ट्रपतिसमेत रहेका चिनफिङले यसैका लागि दुई कार्यकालको समयसीमा यसअघि नै हटाएको देखिन्छ।

शीर्ष नेतृत्वमा चिनफिङले निरन्तरता पाए पनि सात सदस्यीय पोलिटब्युरो, स्थायी कमिटी र केन्द्रीय कमिटीमा भने धेरै फेरबदल हुने सम्भावना छ। केन्द्रीय कमिटीमा त झन्डै आधा सदस्य नयाँ आउने अपेक्षा गरिएको छ। अहिलेका प्रधानमन्त्री ली खछ्याङ पनि यही अधिवेशनबाट बाहिरिने अनुमान छ।

चिनियाँ कम्युनिष्ट पार्टीका विभिन्न कमिटीमा को, को परिवर्तन भए भन्ने कुरा आगामी मार्चमा स्पष्ट हुनेछ। किनकी त्यतिबेला चिनियाँ जनकंग्रेसको वार्षिक अधिवेशन सुरू हुन्छ र महत्वपूर्ण सरकारी पदमा जिम्मेवारी तोकिन्छ।

 

तपाईको प्रतिक्रिया