Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौँ चिनियाँ कम्युनिष्ट पार्टीका सर्वोच्च नेता (महासचिव) एवं राष्ट्रपति सी जिन्पिङलाई पार्टीको आगामी पाँच वर्षे नेतृत्व दिने तयारी रहेको बताइएको छ । यसरी उनलाई लगातार तेस्रोपटक पनि पार्टीको शीर्ष नेताको पाँच वर्षे कार्यकाल दिन लागिएको हो ।

सन् १९७० को दशकका नेता माओत्सेदोङपछि सी जिन्पिङलाई नै सम्भवतः सबैभन्दा शक्तिशाली चिनियाँ नेता मानिन्छ । सन् २०१८ मा दुईपटक मात्र पदमा रहन पाइने त्यसअघिको नियम खारेज गरिएको थियो । त्यस्तो निर्णयले चीनमाथिको जिन्पिङको पकडलाई थप बलियो बनाइदिने बताइएको छ ।

हाल जिन्पिङ ६९ वर्षका भए । आगामी कार्यकाल पनि उनैलाई दिने हो भने उनी आजन्म सत्तामा रहिरहन सक्ने सम्भावना छ । यही १६ अक्टोबरमा चिनियाँ कम्युनिष्ट पार्टीको अधिवेशन कंग्रेस बेइजिङमा सुरु हुँदैछ । यो उक्त पार्टीको इतिहासमा नै सबैभन्दा महत्त्वपूर्ण बैठक हुने बताइएको छ ।

पार्टी महासचिवका रूपमा उनी हाल चिनियाँ कम्युनिष्ट पार्टीका प्रमुख हुन् । यसैगरी उनी राष्ट्रपतिका रूपमा चीनको राष्ट्र प्रमुख हुन् भने चीनको केन्द्रीय सेना आयोगको अध्यक्षका हैसियतमा उनले देशको सशस्त्र सैन्यको सर्वोच्च नेताका रूपमा पनि कमाण्ड गर्छन् । यसरी उनी चीनका सर्वशक्तिशाली व्यक्ति हुन् ।

५ वर्षपछि हुन लागेकाे पार्टीकाे कङ्ग्रेसमा सीले पार्टीको महासचिव पद र केन्द्रीय सेना आयोगको अध्यक्षकाे पदलाई कायमै राख्ने सम्भावना छ भने सन् २०२३ मा हुने न्याशनल पिपल्स कङ्ग्रेसका बेला देशको राष्ट्रपतिको पदलाई पनि कायमै राख्ने सम्भावना छ ।

तपाईको प्रतिक्रिया