Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – बहुप्रतिक्षित सिनेमा ‘प्रेमगीत ३’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । हिन्दी भाषामा समेत डब भएको सिनेमा शुक्रबारबाटै भारतलगायत विश्वभरका सिनेमा हलमा प्रदर्शनमा आएको हो । हिन्दी डबको ‘प्रेमगीत ३’ नेपालमा भने घटस्थापनाबाट मात्र प्रदर्शनमा आउनेछ । निर्माण कम्पनीले चलचित्र विकास बोर्डमा कर चुक्ताको कागजात पेश नगरेकाले सिनेमाको हिन्दी डबको सेन्सर रोकिएको थियो ।

‘प्रेमगीत ३’को हिन्दी डबले नेपालमा पाएको चर्चा, श्रृंखलाबद्ध विवाद, नाम चलेका कलाकारको अभिनय, गीतसंगीतले पाएको लोकप्रियताका कारण ठूलो हाइप बनाएको छ । यसको प्रभाव सिनेमाको बक्सअफिसमा पर्ने निश्चित छ । आक्रामक अग्रीम टिकट बुकिङले पनि सिनेमाले कमाइमा रेकर्ड बनाउने संकेत गरिसकेको वितरक गोविन्द शाही बताउँछन् । सिनेमाको पहिलो दिनको कमाइ साढे २ करोड माथि हुने अनुमान उनको छ ।

सिनेमाले शुक्रवार र शनिबार ठूलो कमाइ गर्नेमा दुईमत छैन । देशभरका अधिकांश सिंगल हल कब्जा गरेको सिनेमाले मल्टीप्लेक्सहरुमा सर्वाधिक शो पाएको छ । आइतबारबाट भने सिनेमालाई दर्शकको वर्ड अफ माउथले लामो रेशको घोडा बनाउनुपर्नेछ । विश्वभरका १२ सय बढी पर्दामा रिलिज भएको सिनेमाले लामो समयसम्म दर्शकको साथ पाउने विश्वास निर्माता तथा निर्देशक सन्तोष सेनलाई छ ।

छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको सिनेमामा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्रीलगायतका कलाकारको अभिनय छ ।

‘प्रेमगीत ३’बाट मनिष र क्रिस्टिनाले अभिनेता तथा अभिनेत्रीको रुपमा डेब्यु गर्दैछन् । सिनेमालाई राजेश श्रेष्ठले खिचेका हुन् ।

 

तपाईको प्रतिक्रिया