Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख १४, २०८२
Sunday, April 27, 2025

घरदेशका घरआँगनदेखि परदेशका नेपालीजनमा दशैंको आगमन र यसको रौनकताले खुशीयालीको तरंग पैदा गरेको छ । दशैंले ल्याएको यो खुशीलाई स्थायी खुशीमा रुपान्तरण गर्न सके साँच्चिकै दशैंको शुभकामनाको सार्थकता हुँदो हो । जे होस्, बर्षभरिको दुखसुखलाई बिर्सेर आपसी सद्भाव, मेलमिलाप र एकताको सन्देश साटासाट गर्ने पर्व दशैंभरि मुलुकको राष्ट्रिय जीवन नै चलायमान बनेको हुन्छ, भने यस पर्वले हरेक नेपालीहरुमा एउटा नयाँ उत्साहको पनि सम्प्रेषण गर्ने हुँदा यस उत्साहलाई स्थायी उत्साहमा परिणत गर्दै बिगतका कमी कमजोरी र असमझदारीलाई सच्याउन सक्नुपर्दछ ।

देशमा संबिधान निर्माण कार्यले अझै पूर्णता पाउन सकेको छैन । दलहरुले आपसी कलहमा अनाहकमा समय खर्च गरिरहेको अवस्था छ । जिम्मेवार दलहरु सबै एकैठाउँमा उभिएर शान्ति प्रक्रिया र राजनैतिक गत्यारोध अन्त्यका लागि अहोरात्र खट्नुपर्ने बेलामा त्यसो हुन सकिरहेको छैन । मुलुक अत्यन्त संबेदनशील अवस्थामा गुज्रिरहेको अवस्थामा निकास दिनका लागि जिम्मेवार दलहरु गम्भीर देखिएका छैनन् । देशको सबैभन्दा ठूलो दलको र धेरैले आशा एवं भरोसा गरेका नेता मानिएका डा. बाबुराम भट्टराईको नेतृत्वमा सरकार गठन भएको पनि एक बर्षनाघिसकेको छ । नेपाली राजनीतिमा देखिएको अहिलेको स्पष्ट चित्र हेर्दा भट्टराई सरकार पनि असफल हुन पुग्यो भने अब कुन सरकारले बाँकी काम सम्पन्न गर्ने हो नेपाली जनताको मनमा भरोसायोग्य पात्र बाँकी रहेको देखिदैंन । यद्यपि राष्ट्रिय सहमतिको सरकारको र्सबत्र माग भईरहेको बेला फेरि पनि दलहरुबिच सहमतिको विकल्प नभएकोले त्यसैमा केन्द्रित हुनु अहिलेको आवश्यकता हो । बिबादित र लामो समयदेखि थाँती रहेका मुलुकका राष्ट्रिय एजेण्डाहरुलाई बेलैमा टुङ्ग्याएर सहमतीय सरकारमार्फत ताजा जनादेशमा जानु नै अहिलेको अवस्थामा मुलुकको हित हुने देखिन्छ ।

मुलुकको परिस्थिति जे जस्तो भएपनि ठिक यसैबेला हाम्रो राष्ट्रिय चाड दशैं हाम्रो सामु उभिएको छ । उत्साह, उमंग, हौसला र पुनर्मिलनको साँस्कृतिक पर्व दशैंले अनेकताकाबीच नेपाली एकताको सन्देश बोकेर नेपाली मनहरुलाई प्रफुल्ल तुल्याईरहको हुन्छ । नेपालीहरुलाई आफ्नो परिवारजन, बाल्यकाल, साथीभाई, घरगाउँ र परिवेशतर्फ एक पटक सम्झना गराएरै छोड्ने पर्व दशैं हामी सबैका लागि प्रेरणादायी बन्न सकोस् । यो बर्षको दशैंले मुलुक र मुलुकबासीका लागि साँच्चिकै उपलब्धिमूलक पाठ छोडेर जान सकोस् । आम नेपालीजन, हाम्रा पाठक, शुभचिन्तक र सहयोगी सबैमा बिजया-दशमी २०६९ को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया