Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

काठमाडौं – लामो समयदेखि औषधिको मूल्य समायोजन हुन नसकेको भन्दै औषधि व्यवस्था विभागले मूल्य समायोजन प्रक्रिया अगाडि बढाएको छ। औषधि व्यवस्था विभागले बढाएको समायोजन प्रक्रियाको फाइल यतिबेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा छ। यदि स्वास्थ्य मन्त्रालयले उक्त विभागको प्रक्रियालाई स्वीकृत गरेमा मन्त्रीपरिषद्‍मा लगिनेछ र मन्त्रीपरिषद्ले निर्णय गर्नेछ।

हाल नेपाली बजारमा बजारमा १८ हजार ब्रान्डका औषधि बिक्री भइरहेका छन्। तर, ती मध्ये जम्मा ११७ प्रकारका औषधिको मूल्य मात्रै तोकिएको छ। अन्य औषधिको मूल्य नतोकिएका कारण ब्रान्ड र पसल पिच्छे औषधिको मूल्य फरक पर्ने गरेको औषधि व्यवस्था विभागले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थ तथा औषधिको मूल्य वृद्धि भएको भन्दै नेपालमा पनि मूल्य समायोजन गर्नुपर्ने अवस्था आएको औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराई बताउँछन्।

‘लामो समयसम्म मूल्य समायोजन नहुँदा उत्पादकले पनि उत्पादन गर्न नसक्ने भन्दै हात उठाउनुपरेको अवस्था छ,’ भट्टराईले भने, ‘मूल्य समायोजनले औषधिको मूल्य बढ्ने भन्ने गलत मानसिकताले गर्दा मानिसहरूले विरोध गरिरहेका छन्। तर, समायोजनले ८० प्रतिशत औषधिको मूल्य घट्नेछ भने जम्मा २० प्रतिशत औषधिको मूल्य बढ्नेछ।’

तपाईको प्रतिक्रिया