Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

काठमाडौं – नेपालमा पहिलो पटक स्याटलाइट इन्टरनेट सञ्चालनमा आएको छ । सिंगापुरको क्यासिफिक स्याटलाइटसँगको सहकार्यमा एभरेष्ट लिंकले स्याटलाइट मार्फत इन्टरनेट उपलब्ध गराउन थालेको हो ।

क्यासिफिक स्याटलाइटले दक्षिण पूर्वी एशिया र प्यासिफिक क्षेत्रका २५ देशमा का–ब्याण्ड मार्फत स्याटलाइटमार्फत इन्टरनेट उपलब्ध गराउँदै आएको छ । यस्तोमा स्पेस लिंकले नेपालमा क्यासिफिकसँगको सहकार्यमा स्याटलाइट इन्टरनेट भित्र्याएको हो ।

यसका लागि स्पेस लिंकले गएको मार्चमा नियामक निकाय नेपाल दुरसञ्चार प्राधिकरणबाट ‘का–ब्याण्ड’ का लागि अनुमति पाएको थियो । प्राधिकरणबाट नेटवर्क सेवा प्रदायक (एनएसपी) को अनुमति प्राप्त कम्पनीले एभरेष्ट लिंकसँगको सहकार्यमा स्याटलाइट उपलब्ध गराउने भएको हो । अन्य इन्टरनेट सेवा प्रदायकले पनि आवश्यक परेको खण्डमा कम्पनीसँग सहकार्य गरी सेवा दिन सक्ने जनाएको छ ।

एनएसपीको अनुमति पाएको कम्पनीले ग्राहकलाई सोझै इन्टरनेट दिन पाउँदैन । त्यसैले कम्पनीले एभरेष्ट लिंक मार्फत सेवा उपलब्ध गराउने भएको हो । यसका लागि आवश्यक परिक्षण सम्पन्न भइसकेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार स्याटलाइट इन्टरनेटमार्फत नेपालको ग्रामीण तथा हिमाली भेगमा उच्च गतिको इन्टरनेट उपलब्ध हुनेछ । विशेषगरी फाइबर र मोबाइल नेटवर्क नभएको क्षेत्रमा कम्पनीले स्याटलाइटमार्फत इन्टरनेट उपलब्ध गराउने जनाएको छ ।

कम्पनीका अनुसार पहिलो चरणमा तीन प्याकेजमा यो इन्टरनेट उपलब्ध हुनेछ । जसमा ३, १५ र ३० एमबीपीएस रहेको छ । जसको मासिक शुल्क क्रमसः १७ हजार ६ सय १०, २५ हजार ४ सय १५ र ३१ हजार ९ सय ५० रहेको छ । यसका लागि सुरुमा जडान खर्च भने करिब ८५ हजार लाग्ने कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया