Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026
काठमाडौं गलकोट स्पोर्टस् क्लबले राजधानीमा जारी आरबिबी–एनभिए क्लब भलिबल लिग च्याम्पियनसिपको पुरुषतर्फ बिहीबार ढोरपाटन स्पोर्टस् क्लबलाई ३–२ ले पराजित गरेको छ ।गलकोटले ढोरपाटनलाई २३–२५, २५–१५, १८–२५, २५–२२, १५–८ ले पराजित गर्‍यो । आजै सम्पन्न अर्को खेलमा टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबले नेपाल पुलिस क्लबमाथि ३–० को सोझो सेटमा जित निकाल्यो । हेल्प नेपालले २५–२३, २५–२३ र २५–२० को जित निकाल्दै आफ्नो खातामा थप ३ अंक जोड्यो । जितसँगै हेल्प नेपालको ११ अंक जोडेको छ ।

प्रतियोगितामा पुरुषतर्फ सात र महिलातर्फ पाँच टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको महिला र पुरुषतर्फको विजेताले समान ६ लाख, उपविजेताले तीन लाख, तेस्रो एक लाख ५० हजार र चौथोले ७५ हजार प्राप्त गर्ने छन् ।

सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही ३५ हजार प्राप्त गर्नेछन् । यस्तै, व्यक्तिगत विधातर्फको उत्कृष्ट सेटर, ब्लकर सर्भर, स्पाइकर, लिब्रो र प्रशिक्षकले जनही १५ हजार प्राप्त गर्नेछन् ।

तपाईको प्रतिक्रिया