Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

काठमाडौं – फ्रेन्च लिग वानको वर्षको उत्कृष्ट खेलाडीको मनोनयन सार्वजनिक भएको छ । युनियन अफ प्रोफेशनल फुटबलरले सार्वजनिक गरेको मनोनयनमा पिएसजीका किलियन एम्बाप्पे रहेका छन्  ।

यस सूचीमा एम्बाप्पे बाहेक मोनाकोका विसाम बेन एडडर, लियोनका लुकास पाक्वेटा, मार्सेलीका डिमीट्री पाएट, रेन्नेजका मार्टिन टेर्रीएर रहेका छन् । एम्बाप्पेले यस सिजनको लिग वानमा २५ गोल गरेका छन् भने १५ गोल असिस्ट पनि गरेका छन् ।

पिएसजीले लिग वानको उपाधि जितेपनि यसका प्रशिक्षक माउरिसियो पोचेट्टीनोलाई वर्षको उत्कृष्ट प्रशिक्षकको मनोनयनमा राखिएको छैन । फ्रेन्च लिग वानको उत्कृष्ट प्रशिक्षकमा निस, रेन्नेज, मार्सेली, स्ट्रासबर्ग, नानटेजका प्रशिक्षक मनोनयनमा परेका छन् ।

यस सूचीमा पिएसजीका लियोनेल मेसी र नेइमारलाई यस सूचीमा समावेश गरिएको छैन । मेसीका यो सिजन पिएसजीमा खराब रह्यो । उनले केवल ४ गोल गरे भने १३ गोल असिस्ट गरे । त्यस्तै नेइमारले यस सिजनमा केवल ११ गोल गरे भने ६ असिस्ट गरेका थिए ।

तपाईको प्रतिक्रिया