Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

काठमाडौँ – इन्डियन प्रिमियर लिग(आइपिएल) अन्तर्गत आज सम्पन्न खेलमा गुजरात टाइटन्स विजयी भएकाे छ । गुजरातले राेयल च्यालेन्जर्स बैंग्लाेरलाई ६ विकेटले पराजित गरेकाे हाे । १७१ रनकाे लक्ष्य गुजरातले १९.३ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्याे । गुजरातका लागि अविजित रहेका राहुल तेवाटियाले ४३ र डेविड मिलरले ३९ रन जाेडे ।

शुभमन गिलले ३१, ऋद्विमान शाहले २९ र शाई सुदर्शनले २० रन बनाए । बैंग्लाेरका लागि शहबाज अहमद र वानिन्दु हसरंगाले दुई /दुई विकेट लिए । यसअघि मुम्बईस्थित ब्रेबोन स्टेडियम टस जितेर पहिला ब्याटिङ रोजेको बैंग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७० रन बनाएकाे थियाे । बैंग्लोरका विराट कोहली र रजत पाटिदारले अर्धशतकीय पारी खेले । ५३ बलकाे समाना गरेका काेहलीले ६ चाैका र एक छक्कासहित ५८ रन बनाए । जारी सिजनमा याे उनकाे पहिलाे अर्धशतक हाे ।

पाटिदारले ३२ बलमा पाँच चाैका र दुई  चा‌ैकासहित ५२ रन बनाए । ग्लेन म्याक्सवेलले ३३ रनकाे याेगदान दिए । गुजरातका लागि  प्रदीप संगवानले दुई तथा मोहम्मद शामी, राशिद खान, लोकी फर्गुसन र अल्जारी जोशेफले एक/एक विकेट हात पारे । याेसँगै आठाैं जित निकालेकाे गुजरात नाैं खेलमा १६ अंक जाेडेर शीर्ष  स्थानमा कायम छ ।

पाँचौं पराजय बेहाेरेकाे बैंग्लाेर पनि १० खेलबाट १० अंकका साथ पाँचौं स्थानमा यथावत छ ।

तपाईको प्रतिक्रिया