काठमाडौं – इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले न्यूक्यासल युनाइटेडलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा लिभरपुलले न्यूक्यासललाई १-० गोल अन्तरले पराजित गरेको हो ।
लिभरपुलको जितमा नाबी केइटाले खेलको १९औँ मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । जितपछि लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
लिभरपुलको ३४ खेलमा ८२ अंक भएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी एक खेल कम खेल्दै ३३ खेलमा ८० अंक रहेको छ । त्यस्तै न्यूक्यासलको ३५ खेलमा ४३ अंक रहेको छ र लिगमा नवौँ स्थानमा रहेको छ ।








