Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – एएफसी एसियन कप छनोटको तयारीका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीले प्रशिक्षक अबदुल्लाह अलमुताईरीको बारम्बार दबाबका कारण क्याम्प छाड्नु परेको बताएका छन् । राजधानीमा बिहीबार पत्रकार सम्मेलन गरेर मुख्य प्रशिक्षक अलमुताइरीले न्युनतम सेवा सुविधाका लागि माग राख्दा बारम्बार दबाब दिएर क्याम्प छाड्न बाध्य भएको बताएका हुन् । नियमित कप्तान किरण चेम्जोङको अनुपस्थितिमा रोहित चन्दले नेतृत्व गरिरहेको टोलीमा न्युनतम सेवा सुविधा उपलब्ध गराउन माग राखेको विषयमा प्रशिक्षकले आफूमाथि निरन्तर दबाब दिएर क्याम्प छाड्न सक्ने भने पछि होटल छाडेर गएको उनीहरुले पत्रकार सम्मेलनमा बताएका हुन् ।

प्रशिक्षकको कार्यशैलीमा असन्तुष्टि जनाउँदै प्रशिक्षणमा रहेका १२ खेलाडीले अलमुताईरीको आचरण बेठिक भएको टिप्पणी समेत गरेका छन् । पत्रकार सम्मेलनमा बन्द प्रशिक्षण बहिस्कार गरेका १० खेलाडी नै उपस्थित भएका थिए । यस्तै खेलाडीहरुले प्रशिक्षकसँगको विवादबारे अखिल नेपाल फुटबल संघ (एन्फा) लाई जानकारी गराएको तर एन्फा नेतृत्वले अहिले निर्वाचन नजिकिँदै गरेको भन्दै खेलाडीलाई बुझेर खबर गर्ने बताए पनि खबर नआएको उनीहरुले बताए ।

खेलाडीले पत्रकार सम्मेलनमार्फत खेलाडीमा लगाएको आरोपको समेत खण्डन गरेका छन् । उनीहलाई विद्रोही भनिएकोमा आपत्ति समेत जनाए । प्रशिक्षकले बारम्बार क्याम्प छाडेर जान भनेपछि मात्र क्याम्प छाडेनको बताएका हुन् । खेलाडीले समस्या सुल्झाउन कदम चाल्नुको सट्टा एन्फाका जिम्मेवार पदाधिकारीबाट सार्वजनिक मिडियामा हामी क्याम्पबाट भाग्यौँ भन्ने अभिव्यक्ति दिएको भन्दै आश्चर्य समेत ब्यक्त गरेका छन् । उनीहरुले सत्य तथ्य छानविन गर्नका लागि नेतृत्व पक्षलाई माग समेत राखेका छन् । यस्तै खेलाडीले अहिलेको प्रशिक्षकसँग रहेर फुटबल खेल्न कठिन हुने समेत बताए ।

तपाईको प्रतिक्रिया