Deneme Bonusu Veren Siteler
शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

काठमाडौं- सामसङ इलेक्ट्रोनिक्सले अन्र्तर्राष्ट्रिय डिजाइन अवार्डमा एकैपटक तीनवटा गोल्ड मेडलसहित ७१ वटा अवार्ड जितेको छ।

जर्मन अन्तर्राष्ट्रिय डिजाइन कम्पिटिसन २०२२ मा सामसङ इलेक्ट्रोनिक्स टेलिभिजन, स्मार्ट फोन र अन्य घरेलु उपकरण लगायत विधामा अवार्ड पाएको हो।

जर्मन अन्तर्राष्ट्रिय डिजाइन प्रतियोगिताको अन्तर्राष्ट्रिय फोरम (आइएफ) मा कम्पनीले विभिन्न नौ वटा विधामा ती अवार्ड हात पारेको हो।

त्यसमध्ये प्रोटेवल स्क्रिन द फ्रीस्टाइल, मोवाइल फोन ग्यालेक्सी जेड फ्ल्पि ३ र वायरलेस भ्याकुम किलनर बेस्पोक स्लिमका लागि गोल्ड अवार्ड प्राप्त गरेको हो। प्रतियोगितामा सामसङका ५५ मुलुकका ११ हजार सवमिसन मध्येवाट ती अवार्ड पाएको हो।

उत्पादन, प्याकेजिङ, सञ्चार, व्यावसायिक अवधारणा, आन्तरिक वास्तुकला, वास्तुकला, सेवा अनुभव डिजाइन, प्रयोगकर्ताहरुमा भिन्नता र प्रभावको ब्यापक मूल्यांकन थिए।

त्यसक्रममा सामसङ इलेक्ट्रोनिक्स डिजाइन सेन्टरका कार्यकारी उपाध्यक्ष जिन्सु किमले डिजाइनका लागि परिवर्तनशील मूल्यहरुलाई नवीन प्रविधिहरुसँग जोड्नु महत्वपूर्ण भएको बताए।

उनले भने, ‘हामी एक अर्थपूर्ण अनुभव प्रदान गर्न प्रतिबद्ध छौं जसले ग्राहकहरुको विभिन्न मागहरू पूरा गर्छ।’

तपाईको प्रतिक्रिया