Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

वासिंगटन डिसी- यहि अक्टोबर ६, २०१२ सयुक्त राज्य अमेरिकाको राजधानी वासिंगटन डिसी क्षेत्रमा एसोसिएसन अफ नेपाली तराईएन इन अमेरिका (ANTA ) को दोश्रो महाधिवेशन सम्पन्न भएको छ ।

सम्मेलनको समुदघाटन अमेरिकाका लागि नेपाली राजदूत शंकरप्रसाद शर्मा (पिएचडि) ले पानसमा बत्ति बाली गर्नुभएको थियो l

एसोसिएसन अफ नेपाली तराईएन इन अमेरिका (ANTA) को तर्फबाट सहअध्यक्ष्य तथा डिसी शाखाका अधक्ष्य धर्मेन्द्र ठाकुरले सबैलाई हार्दिक स्वागत गर्दै सबैको सहयोगको अपेक्षा गर्नुभएको थियो l यसै बीच बिभिन्न संस्थाहरुको प्रतिनिधित्व गर्ने महानुभाव तथा अतिथिहरुले पनि मन्तब्य राख्नुभएको थियो l (ANTA )का संस्थापक अधक्ष्य तथा गैर आवासीय सघ (एनआरएन) राष्ट्रिय समन्वयब समितिका पूर्व महासचिब तथा बिभिन्न संघसंस्थामा आबद्द रतन झाले संस्थाको जन्म (७ )सात जनाबाट सुरुवात भै र एएनए टेक्सास सम्मेलनबाट सोच निस्की अहिले यो अवस्थामा आई पुगेको कुराको उल्लेख गर्नुभयो भने प्रारम्भिक चरणमा नकारात्मक टिका टिप्पणी सुनिए पनि संयुक्त प्रयासबाट नै लक्ष्यमा पुग्न सकिने बिचार व्यक्त गर्नु भयो ।

गैर आवासीय संघ एनआरएन राष्ट्रिय समन्वय समिति अमेरिकाका अधक्ष्य प्रलाद केसीले संस्थाको तर्फबाट शुभकामना दिदै नेपालको आर्थिक तथा सामाजिक बिकासका बिषयमा सदैब अहम भूमिका निर्वाह गरेको उल्लेख गर्दै अन्य संघ तथा संस्थाहरुसंग साझा सवालका बिषय तथा बिचारहरुसंग सहकारिता गर्न ईच्छुक रहेको अभिव्यक्ति दिनुभयो l अमेरिका नेपाल सोसाईटीका सचिब मुक्ति दवाडीले डिसी क्षेत्रमा सबैलाई स्वागत गर्दै संस्थाको तर्फबाट समृद्दी र नेपालको बिकासको लागि यो महाधिवेशनले केहि ठोस कदम चाल्ने छ भन्ने कुरा अभिव्यक्ति दिनु भयो l

सम्मान कार्यक्रममा सहभागी हुन नेपालबाट भर्खर अमेरिका आउनुभएकी समाजसेवी दिल शोभा श्रेष्ठले सबैलाई ध्यानाकर्षण गराउनुभयो र घरबाट निकालिएका, सडकमा बस्न बाध्य रहेका वृद्द बा तथा आमाहरुलाई आफ्नो घरमा ल्याई न्यानो र तातो माया मात्र दिएको भन्दै सबैको सहयोग भएमा मानवीय सेवा हुने जिकिर गर्नुभयो l आफुसंग पैसा नभएर दाग बत्ति आफैले दिएको सत्य घटना सुनाउदा सबैको मन एकछिन कुडिएको थियो र ANTA को तर्फबाट $ १०१ डलर र अधक्ष्य डा. बिनोद शाहको तर्फबाट $ १५० डलरको गरि जम्मा $ २५० डलरको चेक समाजसेवी दीलशोभालाई हस्तान्तरण गर्नुभयो l

ANTA का संस्थापक तथा गैर आवासीय संघ (एनआरएन) अन्तरराष्ट्रिय समन्वय समितिका संयोजक मुकेश सिंहले यो संस्थाले २-४ वटा काम गर्न जरुरी भएको भन्दै संचारमा कमजोर रहेको, कार्य कारीसमितिको क्रियाशिलतामा कमी भएकोले यसलाई प्राथमिकता दिए संस्था अगाडि बढ्ने भन्दै सुझाब दिनु भएको थियो l मधेशको मुद्दा नै नेपालको मुद्दा रहेकोले मध्यपूर्वमा गएका कैयौ महिलाहरुले पाएका यातना र शोषणको मुद्दा ANTA ले यो कुरा उठाउनुपर्नेमा जोड दिनुभयो l यसै बिचमा यो संस्थाले प्रकाशित गरेको स्मारिका राजदूतले बिमोचन गर्नुभयो र स्मारिकाका प्रमुख सम्पादक अमित शाहले समिति तथा राजदूत शंकर प्रसाद शाहलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो l

 

प्रमुख अतिथिको आसनबाट बोल्दै राजदूत शंकरप्रसाद शर्मा (पीएचडी) ले संस्थाको नारा ‘पहिचान, एकीकरण र सशक्तिकरण’ को बारेमा ब्याख्या गन्रुका साथै बिबिध बिषयमा आफ़्नो धारणा राख्नुभएको थियो l

अधक्ष्य बिनोद शाहले मैथिली, नेपाली र अंग्रेजीमा मन्तब्य व्यक्त गर्नुभयो भने ANTA सबैसंग मिलेर काम गर्ने भन्दै सबैलाई आग्रह गर्नुभयो l आफु बाहिर जति बसे पनि सबैलाई घरले सताउने र फर्कनैपर्ने हुन्छ भन्नुभयो l नेपालको बिकासको लागि तराइको बिकास हुने, तराईको बिकास भए हामी सबैको बिकास हुने विचार व्यक्त गर्नुभयो l

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया