Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो – म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानले गत जनवरी ९ मा टोकियोमा आयोजना गरेको बृहत फुटसल प्रतियोगिताबाट भएको आम्दानी तथा खर्चको हिसाबकिताब सार्बजनिक गरेको छ ।

गृहजिल्ला म्याग्दीमा अति आवश्यकीय कुनै परोपकारी कार्य गर्ने सोचका साथ आम्दानीको स्रोत जुटाउने उद्देश्यले आयोजित उक्त प्रतियोगिताबाट ३२ लाख ५७ हजार ७ सय ८० येन आम्दानी भएको र १० लाख २७ हजार ५ सय ३८ येन खर्च भएकोमा आम्दानीबाट खर्च कटाउँदा २१ लाख ९० हजार २ सय ४२ येन कोषमा बचत हुन आएको मोना जापानका कोषाध्यक्ष ज्ञानेन्द्र केसीले समुद्रपारिलाई जानकारी दिए । उक्त प्रतियोगितामा जापानभरिबाट २९ टिमले भाग लिएका थिए । प्रतियोगितामा एनआरएन चिबाको टिम प्रथम र गोरखनाथ नुमाजु शिजुओका टिम दोस्रो भएका थिए ।

नेपाली युवाहरुमाझ जापानमा फुटसल खेलको क्रेज बढिरहेको सन्दर्भमा मोना जापानले नयाँ वर्षको अवसर छोपेर उक्त प्रतियोगिताको आयोजना गरेको थियो । सो प्रतियोगिता स्थलको दृश्य हेर्दा नेपालको कुनै मेला महोत्सवको झल्को दिलाउँथ्यो ।

‘खेलकुदको माध्यमबाट पनि लक्षित योजना सम्पन्न गर्न सकिने रहेछ भन्ने एउटा गतिलो उदाहरण हामीले पेश गर्न सफल भएका छौं’ – मोना जापानका अध्यक्ष सचिन श्रेष्ठले भने – ‘कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्बन्धित सबैमा धन्यबाद दिन चाहान्छु ।’

मोना जापानले जापानभरिका म्याग्देलीहरुलाई गोलबन्द गर्दै लैजाने अभियानमा लागेको जानकारी दिदैं महासचिव गणेश श्रेष्ठले अगाडि भने – ’निकट भविष्यमै हामी क्षेत्रीय समितिकोहरुको भेला टोकियो बाहिर गर्ने भएका छौं भने संस्थाको ऐतिहासिक दस्तावेजहरुलाई सुरक्षित गर्दै भावी पुस्तासम्म हस्तान्तरण गर्न सकियोस् भन्ने हेतुले मोना जापानको होमपेज निर्माण गर्न लागेका छौं ।’
गत आइतबार भएको मोना जापानको नियमित बैठकले फुटसल प्रतियोगिताको हिसाब किताब अनुमोदन गरेलगत्तै सो हिसाब सार्बजनिक गरिएको हो ।

जापानमा संघसंस्थाहरुले विभिन्न उद्देश्य राखेर कार्यक्रम गर्ने, स्पोन्सर उठाउने र आम्दानी गर्ने गरेता पनि कार्यक्रम सकिएपश्चात सो को हिसाबकिताब सार्बजनिक गर्ने नगरेको टिकाटिप्पणी भईरहेको बेला मोना जापानले पछिल्लो समयमा भएको आयमुलक कार्यक्रमको हिसाब किताब सार्बजनिक गरेको हो । ***

तपाईको प्रतिक्रिया