काठमाडौं – एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला अन्तर्गत आज नेपाल र पपुवा न्युगिनीबीच दोस्रो खेल हुन लागेको छ। काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ः३० बजे नेपाल र पपुवा न्युगिनीबीचको खेल हुनेछ। शुक्रबार भएको पहिलो खेलमा नेपाल ६ रनले पराजित भएको थियो।
पहिलो खेलमा पपुवा न्युनिगीले दिएको २९३ लक्ष्य पछ्याउने क्रममा नेपालले २८६ रन मात्रै बनाएको थियो। नेपालका लागि रोहित पौडेलले १२६ रन बनाएका थिए। पपुवा न्युगिनीसँगको एकदिवसीय खेलमा मुख्य प्रशिक्षक पुबुदु दशानायकेले युवा खेलाडीलाई उतारेका छन्। यसपछि टी२० श्रृंखला हुनेछ।








