Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौँ – यु-१८ महिला साफ च्याम्पियन्ससिपको अन्तिम खेलमा आज नेपालले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्दैछ। भारतको जम्सेदपुरमा हुने खेल नेपाली समयअनुसार बेलुका सवा सात बजेबाट सुरु हुनेछ।

यसअघि भएको खेलमा बंगलादेशसँग ४-२ ले पराजित भएको नेपाल आज जितसहित प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ। नेपाल, बंगलादेश र भारत सहभागी प्रतियोगितामा तीन खेल खेल्दासम्म नेपाल अंकविहीन छ।

तालिकाको शीर्ष स्थानमा रहेको भारतले तीन खेलबाट नौ अंक जोडेको छ। यस्तै, दुई खेलबाट तीन अंक जोडेको बंगलादेश दोस्रो स्थानमा छ। डबल राउन्ड रोविन लिग पद्दतीमा भइरहेको प्रतियोगितामा सर्वाधिक अंक जोड्ने टोलीले च्याम्पियनसिपको उपाधि जित्नेछ।

यसअघि भएको पहिलो खेलमा नेपाल भारतसँगै ७-० ले, दोस्रो खेलमा बंगलादेशसँग ४-२ ले र तेस्रो खेलमा भारतसँग ५-१ ले पराजित भएको थियो।

तपाईको प्रतिक्रिया