Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं साफ यू–१८ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोली शनिबार भारत जाँदैछ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार नेपाली टिमको बिदाइ गरेको थियो।एक समारोहबीच एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालगायतले टोलीको बिदाइ गरे।

च्याम्पियनसिप भारतको जमसेदपुरमा मार्च १५ देखि २५ तारिखसम्म हुनेछ।एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित बिदाइ कार्यक्रममा बोल्दै टिमकी कप्तान प्रीति राईले च्याम्पियनसिप जित्ने लक्ष्य रहेको बताइन्।‘एक महिना अभ्यास गरेका छौं। टिममा सुधार भएको छ,’ राईले भनिन्, ‘प्रतियोगितामा बलिया टोली रहे पनि हाम्रो लक्ष्य राम्रो खेलेर उपाधि जित्ने नै हो।’

डबल राउन्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपालसहित भारत र बंगलादेशको सहभागिता रहनेछ। उद्घाटन खेलमा नेपालले आयोजक भारतसँग मार्च १५ मा खेल्नेछ।दोस्रो खेल मार्च १७ मा बंगलादेशविरुद्ध खेल्नेछ। यसैगरी मार्च २१ मा फेरि भारतसँग र मार्च २३ मा बंगलादेशसँग खेल्ने तालिका छ। यसमा शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ। २३ सदस्यीय नेपाली टोलीमा कप्तान प्रीतिसहित सावित्री किशन, लीला जोशी, पूजा थापा, सबिना चौधरी, मञ्जुकुमारी खड्का, प्रतीक्षा चौधरी, कुमारी तामाङ, प्रिया बस्नेत, दिव्या यास्माली मगर, दीपा शाही, हिमा रावत, सरस्वती हमाल, प्रीति राई छन्।

यस्तै सुनकला राई, अञ्जली मछामासी, सराह बज्राचार्य, जेनिफर राना, शरिश्मा थापा, सदीपा भोलान, कुसुम खतिवडा, अमिशा कार्की, मनमाया दमाई र गरिमा राई टोलीमा छन्। यू–१८ टिमको प्रमुख प्रशिक्षक दर्शन भक्त राजलवट छन्।

तपाईको प्रतिक्रिया