Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडाैं – आइसिसी पुरुष टि-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत सोमबार भएको समूह चरणको अन्तिम खेलमा नेपाल विजयी भएको छ । नेपालले क्यानडामाथि ८ विकेटको सनदार जित हात पारेको हो । ८१ रनको सामान्य लक्ष्य नेपालले १४.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालका लागि अविजित रहेका कुशल भुर्तेलले ३४ तथा दीपेन्द्रसिंह ऐरीले २७ रन बनाए । ३७बलको सामना गरेका भुर्तेलले ३ चौका तथा दीपेन्द्रले ३१ बलमा ३ चौका नै प्रहार गरे । कुशल र दीपेन्द्रले तेस्रो विकेटका लागि अविजित ४८ रनको साझेदारी गर्दै नेपाललाई सहज जित दिलाए ।

आसिफ शेखले १७ रन बनाउँदा कुशल मल्ल शून्य रनमा पेभिलियन फर्किए । क्यानडाका लागि कलिम सना र सलमान नजारले एक–एक विकेट हात पारे ।

यसअघि ओमानको अल अमरेत क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको क्यानडाले १५ ओभरमा सबै विकेट गुमाउँदै ८० रन बनाएको थियो । क्यानडाका लागि डिलन हेलिगरले अविजित २४ रनको योगदान दिए । कप्तान नवनित धलिवालले १८, रायन पठानले १४ तथा सलमान नजारले १० रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

क्यानडालाई सस्तैमा समेट्न नेपालका कप्तान सन्दीप लामिछानेले तीन, कमलसिंह ऐरी र अभिनाश बोहराले दुई–दुई तथा कुशल मल्लले एक विकेट हात पार्दा दुई विकेट रन आउटको रूपमा प्राप्त भयो ।

यो जितसँगै तीन खेलमा शतप्रतिशित जित निकालेको नेपाल ६ अंकका साथ समूह बीको विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको छ । पराजित क्यानडा भने समूह चरणबाटै बाहिरियो ।

नेपालले सेमिफाइनलमा समूह ए को उपविजेता युएईको सामना गर्नेछ । समूह बी को उपविजेताका रूपमा सेमिफाइनल पुगेको ओमानले समूह ए को विजेता आयरल्यान्डसँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया