Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ परीक्षण गर्दा लाग्ने आरटी पीसीआरको शुल्क घटाएको छ । बुधवार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीलेले कोभिड-१९ को परीक्षण शुल्क घटाइएको जानकारी दिएका छन्।

लक्षण देखिएका व्यक्तिहरूलाई सरकारी प्रयोगशालाहरूमा निःशुल्क परीक्षण गरिने भन्दै उनले लक्षण नदेखिएका व्यक्तिले भने ८०० रुपैया शुल्क तिर्नुपर्ने बताए।

त्यसबाहेक निजी प्रयोगशालाहरूले विगतमा पीसीआर परीक्षण गर्दा २,००० रुपैयाँ लिने गरेकोमा अब त्यसलाई घटाएर १५ सय बनाइएको छ।

नेपालमा पनि कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोन फेला परेपछि सङ्क्रमितको सङ्ख्या गत सातादेखि निरन्तर बढिरहेको छ।

स्वास्थ्य मन्त्रालयले सङ्क्रमण बढ्दै गएकाले विगतमा भेला र सार्वजनिक कार्यक्रमहरूमा उपस्थितिका लागि तोकिएको सीमालाई अझ कडा बनाउने बताएको छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया