Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडाैं – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिड-१९ को ओमिक्रोन भेरियन्टलाई नजरअन्दाज गर्न नहुने बताएको छ । ओमिक्रोनका कारण विश्वभर मानिसहरुको मृत्यु भइरहेकोले यसलाई नजरअन्दाज गर्न नहुने बताएका हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नयाँ भेरियन्टका कारण विश्वभर संक्रमितको संख्या तीव्र बृद्धि भएको डब्लूएचओका प्रमुख टेड्रोस एडहानोम घिब्रिससले बताएका छन् । ‘खोप लगाउनेका लागि ओमिक्रोन संक्रमण डेल्टाको तुलनामा कम घातक छ । यसको अर्थ यो होइन कि यसलाई हल्क भनेर वर्गीकरण गर्नु हुदैन्,’ घिब्रिससले भने ।

अन्य भेरियन्टजस्तै ओमिक्रोनका कारण अस्पताल भर्ना हुनेको संख्या उल्लेख्य भएको उनको भनाई छ । ‘यसअघिका भेरियन्टजस्तै ओमिक्रोनका कारण अस्पताल भर्ना हुनेको संख्या उल्लेख्य छ,’ उनले भने । ओमिक्रोनले स्वास्थ्य क्षेत्रमा सुनामी ल्याउन थालेको उनको भनाई छ ।

डब्लूएचओका अनुसार पछिल्लो हप्तामा विश्वभर ७१ प्रतिशतले सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ । ‘खोप लगाएका मानिसमा डेल्टाको तुलनामा ओमिक्रोन कम घातक रहेको पाइएको छ तर यसलाई ‘माइल्ड’ नै भनेर वर्गिकरण गर्न मिल्दैन,’ बिहीबार आयोजित पत्रकार सम्मेलनमा डा. टेड्रोसले भने, ‘पहिलाका भेरियन्टजस्तै ओमिक्रोनले मानिसहरूलाई अस्पतालमा भर्ना गरिरहेको छ, ज्यान लिइरहेको छ ।

तपाईको प्रतिक्रिया