Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026
काठमाडौं- पर्यटन मन्त्री पोस्टबहादुर बोगटी ठमेलमा अनौठो काम गरिरहेको अवस्थामा भेटिए। जीएए हलपछाडि पुगेका मन्त्री बोगटीले आफ्नो कोट, जुत्ता र मोजा फुकाले। उनका अंगरक्षक त्यहीँ थिए। कोट फुकालेपछि उनले आकाशे रङ्गको गञ्जी लगाए। अनि सुइँसुइँ त्यहाँ रहेको भित्ता चढे।
मन्त्री रक क्लाइम्बिङ गर्दै। तस्बिरः विजय गजमेर
राजधानीमा मंगलबार भएको प्रथम जाट नेपाल अन्तरमिडिया रक क्लाइम्बिङको उद्‍घाटन मन्त्री बोगटीले यसरी गरेका हुन्। ५० मिटरको भित्ता उनले पूरै चढ्न भने सकेनन्। एक चौथाइ पनि नपुग्दै उनी स्याँस्याँ गर्दै ‘सकिएन बा..’ भन्दै झरे।
नेपाल पर्यटन पत्रकार समाज (जाट)ले विश्व पर्यटन दिवसको अवसरमा यो कार्यक्रमको आयोजना गरेको हो। खासमा यो प्रतियोगिता पत्रकारहरुबीच थियो।
पुरुषतर्फ ५५ सेकेन्डमा ५० मिटर अग्लो रक क्लाइम्बिङ गरेर एभिन्युज टिभीका रविन्द्र डङ्गोल प्रथम भए। त्यसैगरी सगरमाथा टिभीका सन्तोष अधिकारी दोस्रो तथा कान्तिपुर टिभीका गिरीश भट्टराई तेस्रो भए।
महिलातर्फ हिमालय टिभीकी कल्पनाले उपाधि जितिन्। नागरिक दैनिककी स्मृति ढुंगाना दोस्रो तथा गोरखापत्रकी यलु जोशी तेस्रो भइन्।

तपाईको प्रतिक्रिया