Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

दुबई- वैदेशिक रोजगारीका सिलसिलामा युएइस्थित कार्यरत सञ्चारकर्मीहरुले युएइमा भएको घटना र प्रवासी नेपालीहरुको गतिविधिहरुलाई विभिन्न अनलाईन तथा प्रिन्ट मिडियाहरुमा समाचारहरु सम्प्रेषण गर्दै आएको क्रममा समाचारको भाषालाई अझै शुद्ध र सरल तरिकाले बनाउने सम्बन्धमा गत २१ सेप्टेम्बर शुक्रबारका दिन दुबईको एभरेष्ट होटलमा नेपाल पत्रकार महासंघ युएइ शाखाले भाषा सम्बन्धी पत्रकारिता तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

सो अवसरमा नेपालबाट आउनुभएका कान्तिपुर दैनिकका चिफ न्यूज डेस्क अखण्ड भण्डारीले तालिम दिनुभएको थियो ।

उक्त तालिम कार्यक्रमको प्रमुख अतिथिमा भण्डारी रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघ युएइ शाखाका अध्यक्ष शंकर ज्ञवालीले गर्नुभएको थियो । अन्य अतिथिहरुमा उज्यालो नेट वर्कका सम्पादक सुनिल न्यौपाने, प्रवासी समन्वय समिति नेपालका अध्यक्ष महेन्द्र पाण्डे, लोक सुवेदी र पत्रकार खेमनाथ पौडेल रहेको कार्यक्रमलाई निमेश गिरीले सञ्चालन गर्नुभएको थियो ।

सचिव अर्जुन दाहालको शुभकामना मन्तव्य लगत्तै सुनिल न्यौपानेले नेपालमा मिडियाहरु बृद्धि हुँदै गएको अवस्थामा विभिन्न क्षेत्रका मिडियाहरुको भूमिकाबारे बताउनुभयो भने महेन्द्र पाण्डेले वैदेशिक रोजगारीको लागि विदेशमा जानुभन्दा पहिला जुन देशमा जाने हो त्यहाँका कानुन र व्यवस्थाबारे अध्यन गरेर गएमा केही हदसम्म सुरक्षित रहन सक्ने बताउनु भयो । त्यस्तैगरी समाजसेवी लोक सुवेदीले विगतदेखि युएइमा भएको पत्रकारिता र पत्र पत्रिकाको बारेमा प्रकाश पार्नुभएको थियो ।

नेपालबाट आउनुभएका अखण्ड भण्डारीले समाचारको भाषालाई शुद्ध र सरल तरिकासंग बनाउनको लागि तालिम दिनु भयो । स्लाईड शो मार्फत दिएको तालिममा शब्द, लेखन, संवाद र भाषा शैलीलाई कसरी प्रयाोग गरिने भन्ने बिषयमा रहेको थियो । समाचार लेखनशैली हरेक व्यक्तिको आ-आफ्नै शैली हुने भएता पनि समाचारलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बिषयमा बताउनुभएको थियो ।

सोही अवसरमा विगत ८ बर्षेदेखि युएइमा कार्यरत पत्रकार खेमनाथ पौडेललाई पत्रकार महासंघ युएइ शाखाले बिदाई गरेकको छ । युएइमा प्रवेश गर्नासाथ कलम चलाउन थालेका पौडेल अब स्वदेश नेपाल मै केही गरौ भन्ने धारणाका साथ र्फकन लागेका हुन् । प्रमुख अतिथि भण्डारी र अध्यक्ष ज्ञवालीले संयुक्त रुपमा दोसल्ला ओढाई सम्मान-पत्र दिएर उहाँलाई बिदाई गरिएको थियो ।

त्यस्तैगरी दुबईको सिंघ पंजाब रेष्टुरेण्टमा गत २१ सेप्टेम्बर शुक्रबारका दिन प्रमुख अतिथि अखण्ड भण्डारी, अतिथि प्रवासी समन्वय समिति नेपालका अध्यक्ष महेन्द्र पाण्डे, युएइका विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवि र पत्रकारहरुको बृहत उपस्थितिमा अमरबहादुर बम बचाउ अभियान र प्रवासी नेपालीहरुको विभिन्न समस्याहरु बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रम नेपाली समाज युएइको आयोजना र अध्यक्ष कृष्ण ढकालको अध्यक्षतामा भएको हो ।

महासचिव प्रकाश कोइरालाद्धारा सञ्चालन गरिएको कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले आ-आफ्ना समस्या र गुनासोहरु राखेका थिए । उक्त कार्यक्रममा मन्तव्य राख्नेहरुमा महेन्द्र पाण्डे, राजु खड्का, कृष्ण केसी, लोक सुवेदी, डियल शर्मा, अखण्ड भण्डारी, राधा ढकाल, कृष्ण ढकाललगायतका रहेका थिए ।

उक्त कार्यक्रममा पनि खेमनाथ पौडेललाई बिदाई समेत गरेको छ । उहाँलाई बागलुङ सेवा समाज युएइका अध्यक्ष गोपाल कँडेलले खादा ओर्ढाई सम्मान-पत्र दिईएको थियो भने नेपाली समाचार पाक्षिक पत्रिकाका प्रधानसम्पादक लालबहादुर ढेंगा, सल्लाहकार कृष्ण ढकाल र सल्लाहकार छत्र लामाले संयुक्त रुपमा खादा ओढाएर सम्मान-पत्र दिइएको थियो ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया