Deneme Bonusu Veren Siteler
आइतवार, साउन १०, २०८३
Sunday, July 26, 2026

काठमाडौँ – उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले दक्षिण कोरियाको युद्ध अन्त्य घोषणाको प्रस्ताव प्रशंसनीय काम भएको बताएकी छन् । तर त्यसअघि दक्षिणले उत्तरसँगको शत्रुतापूर्ण नीति त्याग्नुपर्ने उनको अडान छ ।

उत्तर कोरियाको आधिकारिक समाचार एजेन्सी कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए)का अनुसार दक्षिण कोरियाका राष्ट्रपति मून जाए इनले सन् १९५० देखि ५३ सम्मको द्वन्द्वको औपचारिक अन्त्यका लागि उत्तरसँग गरेको आग्रहको जवाफ दिँदै उत्तर कोरियाली नेता किम यो जोङले प्रतिक्रिया दिएकी हुन् ।

यसै साताको सुरुमा संयुक्त राष्ट्रसंघ महासभामा दक्षिण कोरियाली राष्ट्रपति मूनले ७१ वर्षअघिको द्वन्द्वको औपचारिक अन्त्य गर्न प्रस्ताव गरेका थिए । त्यसको जवाफ स्वरुप उत्तरकी किम यो जङले उक्त प्रस्तावलाई ‘सराहनीय विचार’ भएको प्रतिक्रिया दिएकी हुन् । तर दक्षिण कोरियाले पहिले नै उसको आफ्नो शत्रुतापूर्ण व्यवहार त्याग्नुपर्ने किमले अडान राखेकी छन् ।

‘दक्षिण कोरियाले दोहोरो चरित्र साथै पूर्वाग्रही र शत्रुतापूर्ण नीति अझै कायम राखेर गरेको यस्तो प्रस्तावको कुनै अर्थ छैन,’ नेता किमले भनेकी छन्, ‘युद्ध अन्त्यको घोषणा गर्नुभन्दा पहिले एकआपसमा पूर्वाग्रही विचार, शत्रुतापूर्ण नीति र दोहोरो चरित्र हटाउनुपर्छ ।’ साथै वर्तमान अवस्थामै युद्ध अन्त्यको घोषणा सम्भव नभएको उनको तर्क छ । तर दक्षिणले शत्रुतापूर्ण व्यवहार सच्याए आफूहरु वार्ताका लागि तयार रहेकोसमेत किमले भनेकी छन् । किम यो जङ त्यहाँका नेता किमका प्रमुख नीति सल्लाहकार मानिन्छिन् ।

उत्तर कोरियाले यसै महिना मात्रै लामो र छोटो दूरीका दुई मिसाइल प्रहार गरेको थियो । सन् २०१९ को फेब्रुअरीमा अमेरिका र उत्तर कोरियाबीच हनोइमा भएको दोस्रो वार्तापछि उत्तर र दक्षिण कोरियाबीच संवाद हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया