
काठमाडौं- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोली सोमबार बिहान अमेरिका पुगेको छ । प्रचण्ड नेतृत्वको टोलीले सोमबार राति देखि राजनीतिक भेटवार्ता थाल्ने उहाँको नीजि सचिवालयले जनाएको छ ।
प्रचण्डले आजै अमेरिकामा रहेका नेपाली काँग्रेसका नेता रामशरण महतसँग समसामयिक राजनीतिक अवस्थाका बारेमा छलफल गर्नुहुनेछ । त्यस्तै प्रचण्डले लुम्बिनीको विकासबारे जापानी संस्थाका प्रतिनिधिसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
जापानी संस्थासँग लुम्बिनीको विकासमा केन्द्रीत रहेर छलफल हुने प्रचण्डको नीजि सचिवालयले जनाएको छ । लुम्बिनीको विकासमा संयुक्त राष्ट्रसंघ लगायत बिभिन्न निकायको सहयोग जुटाउन प्रचण्ड नेतृत्वको टोली दुई दिन अघि अमेरिका प्रस्थान गरेको थियो ।
प्रचण्डले नेपालको सामाजिक आर्थिक विकास र लुम्बिनीको विकासका विषयमा राष्ट्रसंघ महासचिव बान की मुनसँग मंगलबार राती भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । माओवादी अध्यक्ष प्रचण्ड कात्तिक २७ गते काठमाडौं फर्किने कार्यक्रम छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: सोमवार कार्तिक २१, २०६८
प्रकाशित समय: ८:३२:५०