Deneme Bonusu Veren Siteler
मङ्लबार, असार २, २०८३
Tuesday, June 16, 2026
काठमाडौं– शान्ति र संविधान निर्माणपछि आम निर्वाचनका लागि बन्ने सरकारको नेतृत्व कांग्रेस सभापति सुशील कोइरालालाई दिने माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संकेत गरेका छन् ।
बृहत्तर लुम्बिनी विकास परियोजनालाई सहयोग जुटाउन न्यूयोर्क जानुअघि काठमाण्डूको एक टेलिभिजन च्यानललाई दिएको अन्तर्वार्तामा प्रचण्डले यस्तो संकेत गरेका हुन् । ‘आम चुनाव गराउने सरकार कांग्रेसको नेतृत्वमा हुन सक्छ भनेर सुशीलजीसँग कुरा भएकै हो,’ उनले भने, ‘त्यसको नेतृत्व सुशीलजी, शेरबहादुरजी वा रामचन्द्रजी जसले पनि गर्न सक्नुहुन्छ ।’
संसदीय दलका नेता रामचन्द्र पौडेललाई १८ पटकसम्म भएको चुनावमा पनि जित्न नदिइ प्रचण्डले नै हराएका थिए । पछि उनले एमाले अध्यक्ष झलनाथ खनाललाई सहयोग गरेपछि खनाल प्रधानमन्त्री निर्वाचित भएका थिए ।
माओवादी र कांग्रेसबीच केही गोप्य सहमति भएको एमालेले आरोप लगाइरहेकाबेला प्रचण्डको यस्तो अभिव्यक्ति आएको हो ।

तपाईको प्रतिक्रिया