Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौं – त्रिभुवन राजपथ अन्तर्गत कलंकी-नागढुंगा सडक खण्डको कलंकी ढुंगेअड्डादेखि नागढुंगा पिपला मोडसम्म चन्द्रागिरि नगरपालिकाको करिब एक करोड रुपैयाँको लागतमा जडान गरिएका अत्याधुनिक ६८ वटा सिसिटिभि हस्तान्तरण गरिएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उक्त सिसिटिभी चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरिले शुक्रवार आयोजित एक कार्यक्रमबीच महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेल मार्फत महानगरीय प्रहरी वृत्त थानकोटलाई हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा प्रहरी नायव महानिरीक्षक पोखरेलले सिसिटिभि जडान आम नागरिकको विकास, समृद्धि र सुरक्षाको आकांक्षा पूरा गर्ने एउटा माध्यम भएको बताए ।

हरेक नागरिकको हर्कतलाई निग्रानी गरी चोरी, लुटपाट लगायतका सम्भाव्य अपराध न्यूनीकरण गर्न सिसिटिभि जडानले महत्वपूर्ण योगदान पुर्‍याउने उनले चर्चा गरे ।

हस्तान्तरण कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरिले सिसिटिभि जडानले सवारी दुर्घटना न्यूनीकरण गर्न मद्दत पुर्‍याउनुका साथै सुरक्षा व्यवस्थापनलाई थप मजबुद बनाउने विश्वास व्यक्त गरे ।

चन्द्रागिरि नगरपालिकाद्वारा आयोजित उक्त कार्यक्रममा वडा अध्यक्षहरु, प्रहरी अधिकृतहरु, सञ्चारकर्मी लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया