Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौं -सजिलो र निःशुल्क सञ्चारको लागि विश्वको एक अग्रणी एप बन्न सफल भाइबरले नयाँ च्याटबट पेमेन्ट शुरुवात गरेको छ ।

अब भाइबरका प्रयोगकर्ताहरुले यो प्लेटफर्मको उपयोग सामानहरु किन्न तथा सेवा वापतको भुक्तानी गर्न पनि सक्नेछन्, जसको लागि प्रयोगकर्ताले गुगल पेमेन्ट अथवा स्थानीय मोबाइल वालेटको सहायता लिनु पर्नेछ ।

यस कदमले भाइबरको बढोत्तरीलाई मेसेजिङ्गभन्दा अघि बढाएर एक महत्त्वपूर्ण कोसेढुँगा नै कायम गरेकोे छ । यस सेवाको शुभारम्भ युक्रेनबाट गरिने छ र २०२१ सम्म अन्य बजारहरुमा पनि पु-याउने योजना भाइबरको रहेकोे छ ।

यसका लागि कम्पनीले उत्कृष्ट गोपनीयता सुरक्षणका मापदण्डहरुद्वारा रेखाङ्कित गरेर, आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरुको आवश्यकताहरुलाई पूर्ति गरिदिने एण्ड–टु–एण्ड प्लेटफर्मको विकास गरेको छ ।

नेपालमा, भाइबरले देशकैे सबैभन्दा ठूलो ई–वालेट ट्रान्सफर प्लेटफर्म ई–सेवासँग साझेदारी गरी ई–सेवाको आफ्नो कम्युनिटी र फेस्टिभ स्टिकरप्याक ल्याएको छ र ई–सेवा सँगै एक विषेश साझेदारी पनि भाइबरले चाँडै नै गर्दै छ । यस साझेदारी पछि प्रयोगकर्ताहरूले मोबाइल टपअप गर्न र पियर–टु–पियर पैसा ट्रान्सफर गर्न सक्नेछन् । यस कार्यले भाइबरको मेसेजिङ्ग एप मात्र नभई अधिक विविधता भएको र उपयोगकर्ता मैत्री एप बन्ने प्रतिबद्धतालाई अझ सुदृढ बनाउँछ ।

भाइबरको च्याटबट पेमेन्ट फिचरले प्रयोगकर्ताहरुलाई उनीहरुको आधिकारिक च्याटबट मार्फत सामानहरु तथा व्यापारीहरुको सेवा सुरक्षित एवं सिधै खरीद गर्न सक्षम गराउनेछ । यदि प्रयोगकर्ताको बैंकले समर्थन गरेमा प्रयोगकर्तालाई उनीहरुको स्थानीय स्मार्टफोन वालेटमा क्रेडिट वा डेबिट कार्ड जोडि भुक्तानीका विकल्पहरु भाइबरको स्थानीय च्याटबट एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपिआई) मा बनेको कुनैपनि च्याटबटको लागि उपलब्ध हुनेछ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया