Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौं – कम्पनीको इतिहासमै सबैभन्दा ठूलो मुद्दा खेप्नुपरेको अवस्था र सेन्सरसिपको आरोप विश्वको बढ्दो संघर्षका बीच गुगलको आम्दानीचाहिँ बढिरहेको छ ।

अमेरिकी कम्पनी गुगलको मातृ कम्पनी अल्फाबेटले सन् २०२० को तेश्रो त्रैमासिकमा ४६ अर्ब १७ करोड अमेरिकी डलर आम्दानी गरेको छ ।
जुलाईदेखि सेप्टेम्बरसम्मको अवधिमा गुगलले आफ्नो आम्दानीमा महत्वपूर्ण वृद्धि कायम गर्न सफल भएको छ । गत वर्षको सोही अवधिमा भन्दा गुगलले यो पटक गुगलको आयमा १४ प्रतिशतले बढोत्तरी भएको छ । साथै गुगलले यो अवधिमा ११ अर्ब २० करोड डलर खुद आय गर्न सफल भएको छ ।

गुगल तथा अल्फाबेटका सीईओ सुन्दर पिचाइले एक वक्तव्यमा गत त्रैमासिक कम्पनीका लागि निकै सबल रहेको भन्दै यो सफलता आर्टिफिसियल इन्टेलिजेन्स र अन्य प्रविधिमा गरिएको गहन लगानीको परिणाम भएको बनाएका छन् ।

गुगलले सार्वजनिक गरेको त्रैमासिक रिपोर्टले त्यसअघिको कम्पनीको निरासाजनक त्रैमासिकलार्य समेत बिर्साएको छ । सन् २०२० को दोश्रो त्रैमासिकमा गुगलको विज्ञापन आयमा पहिलोपटक गिरावट आएको थियो ।

जबकि तेश्रो त्रैमासिकमा गुगलको विज्ञापन आयमा अघिल्लो वर्षको सोही त्रैमासिकको अवधिमा १० प्रतिशतले वृद्धि भएको छ । जसमा गुगल सर्च विज्ञापन आयमा ६.५ प्रतिशत र युट्युब विज्ञापन आयमा ३२ प्रतिशतले वृद्धि भएको छ ।कोरोना भाइरस महामारी विश्वका प्रविधि कम्पनीहरुका लागि निकै फापिरहेको बेला फेसबुकलाई पनि यो फलिफाप बनिरहेको छ । तथापि अनिश्चितता भने कायमै रहेको फेसबुकले जनाएको छ ।

विश्लेषकहरुको अनुमानलाई गलत सावित गर्दै तेश्रो त्रैमासिक अवधिमा फेसबुकले २१ अर्ब ४७ करोड डलर आम्दानी गर्न सफल भएको छ ।

फेसबुकको यो आय गत वर्षको तेश्रो त्रैमासिकको भन्दा २२ प्रतिशतले बढी हो । त्यसैगरी यस अवधिमा फेसबुकको खुद आय ७ अर्ब ८५ करोड भएको छ ।

कम्पनीले जारी गरेको तेश्रो त्रैमासिक रिपोर्टअनुसार फेसबुकका मासिक सक्रिय प्रयोगकर्ताको संख्या २ अर्ब ७४ करोड पुगेको छ ।

जुन अघिल्लो वर्षको भन्दा १२ प्रतिशत बढी हो । इन्स्टाग्राम, मेसेन्जर, ह्वाट्सएपलगायतका फेसबुकका विभिन्न एपहरुका कूल प्रयोगकर्ताको संख्या चाहीँ ३ अर्ब २१ करोड रहेको छ । यो अघिल्लो वर्षभन्दा १४ प्रतिशतले बढी हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया