Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौँ – अमेरिकी स्पेस एजेन्सी नासा र नोकिया मिलेर चन्द्रमामा फोर-जी इन्टरनेट पुर्याउने भएका छन् । नासाले नोकियासँग चन्द्रमामा फोरजी इन्टरनेट पुर्याउने विषयमा नोकियासँग सम्झौता गर्न लागिएको जनाएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नासाले नोकियालाई यस परियोजनाका लागि १४.१ मिलियन डलर दिने भएको छ । नासाले पृथ्वीमा जस्तै चन्द्रमा पनि पछि फोरजीबाट फाइभ जीमा अपग्रेड गरिने जनाएको छ । नोकियाले चन्द्रमामा फोरजी डाटा प्रदान गरेर उच्च गतिको इन्टरनेटमा नयाँ क्रान्ति ल्याउने बताएको छ । नोकियाले २०२२ को आखिरी सम्म नासाको आर्टेमिन प्रोग्राम अन्तर्गत कम्युनिकेसनमा ठुलो भूमिका खेल्ने बताएको छ ।

नासाले चन्द्रमा जाने लुनार सर्फेस परियोजनाका लागि प्रबिधि विकासमा १२ भन्दा बढी कम्पनिलाई मात्र ३७० मिलियन डलर खर्च गर्दै छ । नासाले चन्द्रमाको सर्फेसमा पावर जेनेरेसन, रोबाटिक्स टेक्नोलोजी र फोरजी इन्टरनेट जडान गर्ने तयारी गरिरहेको छ ।

नोकियासँगै स्पेस एक्स, लोकहीड मार्टिन, सिएरा र एसएसएल जस्ता कम्पनिहरुले नासाको चन्द्रमा को सर्फेसमा इन्टरनेट जडान गर्ने परियोजनामा काम गर्ने भएका छन् । नासाले २०२८ सम्म यो परियोजना सकेर चन्द्रमा मानिसको उपस्थितिको शुरुवात गर्ने बताएको छ ।

तपाईको प्रतिक्रिया