Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौँ – पछिल्ला केही महिनामा भारतकै ठूलो व्यापारिक घराना रिलायन्स इन्डष्ट्रिजको मूल्य थप करिब १२४ अर्ब अमेरिकी डलरले बढेपछि मुकेश अम्बानी एशियाको मात्र धनीमा सीमित रहेनन्, विश्वकै १० धनाढ्यको सूचीमा पर्दै उनी अहिले त्यसबाट माथि उक्लने क्रम जारी छ ।

कोभिड-१९ को असहज अवस्थाबीच पनि छोटो समयमै १३ अन्तरराष्ट्रिय कम्पनीहरुबाट कुल २० अर्ब डलर लगानी भित्र्याएर विश्वका व्यावसायिक समूदायलाई चकित बनाएका मुकेश संसारकै मूल्यवान निजी घर ‘एन्टेलिया’ मा बस्छन्, जसको निर्माणमा नै अम्बानीले एक अर्ब डलर खर्चिएको बताइन्छ ।

महँगा र दूर्लभ कारहरुको ठूलो कलेक्शन उनको सोखमध्ये पर्छ । विश्वचर्चित सेलिब्रेटीहरुलाई आमन्त्रण गरेर विभिन्न पारिवारिक अवसरमा ठूला पार्टी तथा इभेन्ट आयोजना गर्न रुचाउँछन् उनी । यीबाहेक आफ्ना व्यावसायहरुको साम्राज्य रफ्तारमा विस्तार गर्न सफल देखिएका मुकेशका अन्य विलासी सोख खासै छैनन् ।

तर यी भारतीय अर्बपतिकी श्रीमती भने संसारकै खर्चालु सोख भएकी महिलामध्येमा पर्छिन् । निता अम्बानी ६ करोड अमेरिकी डलर (७ अर्ब रुपैयाँभन्दा बढी) मूल्यको प्राइभेट जेट एयरबस ए३१९ मा यात्रा गर्छिन्, जुन उनलाई श्रीमान् मुकेशले गिफ्ट गरेका हुन् ।

‘हर्मेज हिमालया बर्किन’ को साढे ३ लाख डलर (४ करोड १३ लाख रुपैयाँबराबर) पर्ने ह्याण्ड ब्याग बोक्छिन् उनी । करिष्मा र करिना कपुर दिदीबहिनीसँग लण्डनमा सपिङ गर्दा उनले पनि उनले उक्त ब्याज बोकेकी थिइन् । संसारकै महँगो मानिने यो ब्रान्डका ह्याण्ड ब्यागको न्यूनतम मूल्य नै ४० हजार डलरबाट शुरु हुन्छ ।

करोडौं डलर मूल्यको वार्ड्रोब कलेक्शन छ नितासँग । उनको वारड्रोबमा त्यस्ता कयौं ड्रेस यस्ता छन् जसको मूल्य लाखौं डलर पर्ने बताइएको छ ।

मूल्यवान टेबलवेयर तथा डाइनिङ सेट कलेक्शन पनि उनको सोख हो । एकपटक उनले १० लाख डलर (झन्डै सवा १० करोड रुपैयाँबराबर) बराबरको २५ हजार थान टेबलवेयर मात्र किनेको कुराले ठूलो चर्चा पाएको थियो ।

इकोनोमिक टाइम्सका अनुसार, जापानी ब्रान्ड ‘नोरिटेक’ का ती टेबलवेयर त्यसको श्रीलंकास्थित कारखानाबाटै कस्टुमाइज गरेर बनाउन लगाएर मगाएकी थिइन् । संसारका महँगा टेबलवेयर ब्रान्डमध्ये पर्ने ‘नोरिटेक’ का ती टेबलवेयरको प्रत्येक डिनर सेटमा २४ क्यारेट सुन प्रयोग गरिएको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया