Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौं – विश्वको सबैभन्दा मूल्यवान कम्पनीको रुपमा रहेको एप्पल आफ्नो डिजाइन दर्शनका लागि चर्चित छ । चाहे आफ्ना प्रडक्टहरुको डिजाइन होस् वा आफ्ना प्रडक्टहरु बिक्री गर्ने रिटेल स्टोरहरुको डिजाइन नै किन नहोस् एप्पलले डिजाइनको क्षेत्रमा अतिरिक्त लगानी र मेहेनत गर्ने गर्दछ ।

आफ्नो डिजाइन दर्शनलाई एक कदम अगाडि बढाउँदै एप्पल कम्पनीले आफ्ना कर्मचारीहरुका लागि मास्क डिजाइन गरेको छ ।

विश्वभर फैलिरहेको कोरोना भाइरस संक्रमणबाट जोगिनका लागि अनुहारमा मास्क लगाउनु अनिवार्य जस्तै बनेको बेला एप्पलले आफ्ना कर्मचारीहरुका लागि आफ्नै छुट्टै मास्क डिजाइन गरेको ब्लुम्बर्गले जनाएको छ ।

उक्त मास्कको नाम ‘एप्पल फेस मास्क’ रहेको छ । कम्पनीको इन्जिनियरिङ तथा औद्योगिक डिजाइन सम्बद्ध टिमले उक्त मास्कको डिजाइन गरेको हो ।

त्यस्तै म्याक र्युमर्स नामक वेबसाइटले पनि एप्पलको मास्कका विषयमा समाचार प्रकाशित गरेको छ । समाचार अनुसार एप्पल फेस मास्कमा तीनवटा पत्र रहेका छन् जसले सुक्ष्म कणहरु समेत भित्र छिर्न तथा बाहिर निस्किन दिँदैन ।

सो मास्कलाई धोइपखाली गरी बढीमा ५ पटकसम्म पुनः प्रयोग गर्न सकिने बताइएको छ ।

एप्पललाई उद्धृत गर्दै ब्लुम्बर्गले जनाएअनुसार निकै सावधानीपूर्वक अनुसन्धान तथा परीक्षण गरी उक्त मास्कको डिजाइनलाई पूर्णता दिइएको हो ।

आगामी दुई हप्ताभित्र एप्पलको कर्पोरेट तथा रिटेल शपहरुमा कार्यरत कर्मचारीहरुले उक्त मास्क लगाउन पाउनेछन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया