Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौं । काभ्रेका एक पुरुषलाई कोरोना संक्रमण भएको भन्दै कुपण्डोलस्थित विध म्यानेजमेन्टले आइतवार सम्पर्क गर्‍यो । त्यसपछि उनी अलमलमा परे ।

काठमाडौंका विभिन्न अस्पताल धाए । तर उनले शय्या पाउन सकेनन् । उनले भने, ‘संक्रमित भए पनि अस्पतालले भर्ना गर्नै मान्दैनन् । म पनि सोमवार दिनभरि भौतारिएँ ।’ उनले आफूसँगै संक्रमण पुष्टि भएका ९ जना सेल्फ आइसोलेसनमा बसेको बताए ।

काठमाडौंकी ५७ वर्षीया एक महिलालाई सोमवार कोरोना पुष्टि भयो । उनी घरमै सेल्फ आइसोलेसनमा बसेकी छन् । तर उनलाई अक्सिजनको कमी भएपछि सास फेर्न गाह्रो भयो । विभिन्न अस्पताल चहार्दा समेत उनी भर्ना हुन पाएकी छैनन् ।

काठमाडौं उपत्यकासहित देशभरका केही अस्पतालले कोरोना भाइरस संक्रमण पुष्टि भएकालाई भर्ना गर्न आनाकानी गर्दा संक्रमितले समस्या भोग्नुपरिरहेको छ ।

रिपोर्ट पोजेटिभ आएमा संक्रमित आफैंले पनि स्वास्थ्य मन्त्रालयका डा. माधव लम्साल र लीला विक्रम थापालाई सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । इडिसिडीले लक्षणसहितका संक्रमितले डा. लम्साललाई ९८५१२३४२२९ र लक्षण नभएका संक्रमितले थापालाई ९८५११४७३६१ मा फोन गर्न आग्रह गरे पनि केही संक्रमितहरूले आफूहरूलाई बेवास्ता गरेको बताएका छन् ।

मंगलवार देशभर थप १ हजार ६९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यससहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४० हजार ५२९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप ७६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससहित नेपालमा हालसम्म २२ हजार १ सय ७८ जना उपचारपछि निको भएका छन् ।

काठमाडौं उपत्यकामा मंगलवार ४८१ जना कोरोना संक्रमित थपिएका छन् । मंगलवार काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० संक्रमित थपिएका हुन् । यससँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ६ हजार २०५ पुगेको छ । काठमाडौंमा ५ हजार १५, ललितपुरका ७४३ र भक्तपुरमा ५४७ संक्रमित पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर ७ हजार २८० जना होम आइसोलेसनमा बसेका छन् । हालसम्म ७ लाख ५ हजार ५६० जनाको आरटी–पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ । देशभर ७ हजार ३९० जना क्वारेन्टीनमा बसेका छन् । हाल देशभर १८ हजार ११२ जना आइसोलेसनमा उपचाररत छन् । संक्रमितमध्ये मंगलवार ११ जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको संख्या २३९ पुगेको छ ।

पछिल्लो समयमा संक्रमणदर दिन प्रतिदिन बढ्दै गएको छ । लक्षण सहितका संक्रमित बढ्न थालेपछि चिकित्सकले व्यक्ति स्वयं सचेत र सजग रहन आग्रह गर्दै आएका छन् । भौतिक दूरी कायम गरेर आत्मानुशासनमा रहे कोरोनाबाट जोगिन सकिने चिकित्सकको भनाइ छ ।

तपाईको प्रतिक्रिया