Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

टोकियो – स्मार्ट उपकरणको भन्ने बित्तिकै स्मार्टफोन, ल्यापटप, ट्याब्लेट लगायत अन्य ग्याजेट्सहरु पर्नेमा अब स्मार्ट कपडा पनि पर्ने भएको छ।

स्मार्ट कपडा (Smart clothes) वा भनौं हाई टेक क्लोथिङ (high tech clothing) भनेको हामीले लगाउने कपडालाई विभिन्न प्रविधिसँग परिष्कृत गरि बनाइएको विशेष प्रकारका कपडा हुन् ।

केहि स्मार्ट कपडा उन्नत प्रकारको कच्चा पदार्थले बनेका हुन्छन् भने केहि सेन्सर र थप हार्डवेयर जडित हुन्छन् । प्राय:स्मार्ट कपडाहरु ब्लुटुथ वा वाइफाइ प्रयोग गरेर आईफोन वा एन्ड्रोइड स्मार्टफोनमा कनेक्ट गर्न सकिन्छ ।

विश्वमा अहिले  विभिन्न देशका कम्पनीहरुले विभिन्न प्रकारका स्मार्ट कपडा बजारमा ल्याएका छन् । जसमा प्रविधिकै प्रयोग गरी आफूलाई अब्बल सावित गरिसकेको जापान स्मार्ट कपडाको रेसमा पनि निकै फड्को मारिसकेको देखिन्छ । हालसालै जापानको एउटा स्थापित रोवोर्टिक्स कम्पनी डोनट रोबोटिक्सले स्मार्ट मास्क पनि उत्पादन गरेको छ ।

कोरोना भाईरसको संक्रमण बढ्दै जाँदा विश्वभरका मानिसहरुका लागि मास्क अनिवार्य भएको छ । यो मास्कलाई ब्लुतुथको माध्यमबाट स्मार्ट फोन तथा ट्याबलेट्सहरुमा जोड्न सकिन्छ । जसमा जडित एप्लिकेशनको साहयताले मास्क लगाउने व्यक्तिको आवाज लाई लिखित म्यासेजका रुपमा परिवर्तन गराउन,फोन सम्पर्क गराउन तथा आवाजलाई बढाउन समेत मद्दत गर्दछ ।

कम्पनीका अनुसार उक्त मास्कले विभिन्न ८ वटा भाषालाई जापानी भाषामा अनुवाद गर्न सक्नेछ ।

यसका साथै जापानको स्मार्ट कपडा अन्तर्गत थुप्रै मोजा, जुत्ता, राती सुत्दा लगाउने वस्त्र, गर्भवती महिलाले लगाउने वस्त्र, पाल्तु जनावरको लागि वस्त्र,  आदि इत्यादी बजारमा पाइन्छन् ।

कपडा उत्पादनमा विश्वव्यापी स्मार्ट कपडाको प्रगतिले निकट भविष्यमा बजारमा क्रान्ति ल्याउने प्रक्षेपण गरिएको छ।

विश्वका प्रचलित स्मार्ट कपडाको केहि उदाहरणहरू:

Levi’s Commuter x Jacquard

गुगलले प्रख्यात कपडा निर्माता कम्पनी लिभाइजको मद्दतबाट कम्प्युटर ट्रकर ज्याकेट बजारमा ल्याएको थियो । टच सेन्सेटिभ फिचर भएको यो ज्याकेटबाट म्युजिक प्ले कन्ट्रोलदेखि अन्य जानकारी हासिल गर्न सकिन्छ । यसबाट स्मार्टफोन पनि अपरेट गर्न सकिने छ। डाटा पठाउने, फोन गर्ने, च्याट गर्ने, म्यासेज पठाउने आदिजस्ता कामहरु सजिलै गर्न सकिने बताइएको छ।

Tommy Jeans Xplore

टमी जीन्स एक्सप्लोर फेशन लाइनको हूडी, स्वेटशर्ट, ज्याकेट, जीन्स, क्याप्स, र झोलाहरूमा एक विशेष चिप लगाइएको । यो चिपले लगाइएको कपडा कति पटक प्रयोग गरियो र कहाँ गरियो भनेर ट्र्याक गर्न सक्दछ।

 

Snapchat’s Spectacles 2

भिडियो रेकर्ड गर्ने सुबिधा भएको चस्मा -इस्न्यापच्याट स्पेक्ट्ल्याक्सले छोटो भिडियो रेकर्ड गर्छ र प्रयोगकर्ताको स्मार्टफोनमा अपलोड हुन्छ ।

 

 

Nadi X

नाडी एक्स योगा प्यान्टहरू प्रयोगकर्ताको आईओएस स्मार्टफोनमा जडान हुन्छ । प्रयोगकर्ताले योगा गर्नेक्रममा योगा पोज नमिलेको भागमा हल्का कम्पन (vibrations) हुने गर्दछ ।  यसरी योगाको प्रत्येक पोजलाई निर्देशनहरू प्रदान गर्दछ  ।

नाडी एक्स योगा प्यान्ट पुरुष र महिलाका लागि विभिन्न आकारमा उपलब्ध छन् र ब्याट्री प्याक हटाए पछि पूर्ण रूपमा मेसिनमा धुन योग्य हुन्छन् ।

Under Armour’s Athlete Recovery

आर्मर कम्पनिको एथलेट्स रिकभरी अन्तर्गत पर्ने स्मार्ट कपडाहरुले मानव शरीरबाट निस्केको ताप (heat) लिन्छ र यसलाई प्रयोगकर्ता कै छालातर्फ इन्फ्रारेड प्रकाशको रूपमा प्रतिबिम्बित गर्दछ । यसरी  परिर्वतन भएको उर्जा सुरक्षित रहने र प्रयोगकर्ताको मांसपेशिलाई अझ राम्रो बनाउन र आरामको महसुश दिने गर्दछ ।

Neviano Swimsuits

फ्रान्समा बनाईएको नेभियानोको स्विम्स सूटमा हाम्रो आधा बुढी औला आकारको वाटरप्रूफ UV सेन्सर जडित छ । यस स्टाइलिश स्विम्स सूटमा स्मार्टफोन अनुप्रयोगले प्रयोगकर्तालाइ  UV  लेभल उच्च हुँदा सनस्क्रीन (सुन्स्क्रीन) लगाउन सतर्क बनाउछ ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया