Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

ठूलो आशा एवं भरोसा गरिएको र इतिहासकै शक्तिशाली भनिएको ओली नेतृत्वको नेकपाको सरकार दिन-प्रतिदिन बदनाम र बिबादित हुँदै जान थालेको छ । विश्वब्यापी महामारी कोभिड-१९ र मध्यबर्खाको बाढिपहिरोले जनता मर्माहत भईरहेको अति संबेदनशील समयमा जिम्मेवार नेताहरु भने सत्ता र कुर्सीको भागबण्डाका लागि रडाको मच्चाएर जगत हसाईरहेका छन्, यो पनि कुनै तरिका हो र ? बोलीपिच्छे देश र जनताका लागि राजनीति गरेको रटान दिएर नथाक्ने नेताहरुमा त्याग र समर्पण भाव रत्तिभर देखिएन । आफु कुर्सीमा टाँसिइरहन पाए जनता भाँडमा जाऊन् शैलीमा माथिका २, ४ वटा ठूला टाउकाबीच भागवण्डा नमिल्दा देशलाई नै बन्दीमा राख्न किमार्थ मिल्दैन । कम्तीमा पनि यस्तो संवेदनशील समयमा सत्तासिनहरु अझ जिम्मेवार बन्नुपर्नेमा महिनौदेखि नौटंकी मञ्चन गरेर सुखी नेपाली र समृद्ध नेपालको सपना बाँडिरहेका छन्, हाम्रो नेपालमा ।

ठीक यति नै बेला देशको सबैभन्दा जिम्मेवार र कार्यकारी प्रमुख ब्यक्तिबाट आईरहेको एक पछि अर्को शृङ्खलाबद्ध विवादास्पद अभिब्यक्तिले सम्मानित पदको गरिमालाई हलुका बनाई रहेको महशुस हुन थालेको छ । सुबिधाजनक बहुमत प्राप्त यति बलियो सरकारका प्रधानमन्त्री सत्तासिन भएको पनि करीव तीन वर्ष पुग्नै लाग्यो । परिवर्तनको न्युनतम प्रत्याभूति लगायतका जनताको अपेक्षा एकातिर जस्ताको तस्तै सर्लक्कै बाँकी छन् भने अर्कोतिर छिमेकीसंगको सिमा विवाद, एमसीसी प्रकरण, महामारी, सलह, प्राकृतिक प्रकोप जस्ता समस्यालाई बुद्धिमत्तापूर्ण ढंगले मिलेर सम्बोधन गर्दै जानुपर्नेमा एकपछि अर्को अशोभनीय अभिब्यक्ति दिदैं नयाँ-नयाँ फण्डा गर्नमा प्रधानमन्त्री ओली उद्यत देखिन्छन् । जीवनको उत्तरार्धमा आएर उनीबाट हुने गरेका यस्ता अशोभनीय गतिबिधिले उनको लोकप्रियता दिनानुदिन खस्कदों छ । प्रधानमन्त्री भन्दैमा सबै बिषयका सर्बज्ञाता हुन्छन् भन्ने छैन । समय, परिस्थिति र बिषय अनुसार प्रधानमन्त्रीलाई कार्यसम्पादनमा सहयोग गर्नकै लागि सम्बन्धित बिषयका ज्ञाता तथा विज्ञहरु सल्लाहकारकारुपमा नियुक्त गरिन्छ । राज्यमन्त्री सरहको सुबिधा दिएर नियुक्ति पाएका प्रम ओलीका ती दर्जनौ सल्लाहकारहरुले के त्यस्तै उट्पट्याङ् सल्लाह दिन्छन् होला त ? वा सल्लाहकारको कुरो प्रधानमन्त्रीले सुन्दैनन् अथवा कुर्सीको किचलोले गर्दा ओली अत्तालिन थालेका छन् यो ज्यादै सोचनीय बिषय हो ।

अति नजिकको छिमेकी राष्ट्र भारतसंग सिमा विवादका कारण सम्बन्ध चिसिएको बेला प्रधानमन्त्रीको कुर्सीमा आसिन ब्यक्तिले भारतबाट आएको कोरोना अलि कडा भनिदिए, यसले सर्बत्र तरंग मात्र पैदा गरेन, सिमा विवादलाई सल्टाउन अपेक्षित नेपाल-भारताबीच वार्ताको वातावरण नै खलबलियो । लगत्तै कोरोना भाइरस बारे वकालत गर्दै फ्याटिय र बोसिय तत्वको बखान गरे । सम्बन्धित बिषयका ज्ञाताहरुले मात्रै भन्न सक्ने बिषयमा एकपछि अर्को गर्दै प्रधानमन्त्री फस्दै गए, यसले उनको सर्बत्र आलोचना मात्र भएन सल्लाहकारहरुको भूमिका माथि पनि प्रश्नचीन्ह उत्पन्न भयो । त्यसपछि बेसार पानीको महिमा सेलाउन नपाउँदै प्रधामन्त्रीले अयोध्या र मर्यादापुरुष रामको प्रसंग निकालेर पुनः भारतलाई बिच्काउने चेष्टा गरे । बिषय र प्रसंग जायज-नाजायज जे भएपनि प्रधानमन्त्रीको तहबाट आएका यस्ता अभिब्यक्तिले उनलाई नै बेफाइदा गर्‍यो । अनावश्यक बिषयमा प्रवेश गरेर प्रधानमन्त्री आफैलाई घाटा हुने काम निरन्तर भईरहँदा उनका सहयोगीहरु के हेरेर बसिरहेका छन् यो अर्को ताजुब लाग्दो बिषय हो । अहिले प्रधानमन्त्री ओलीको दायाँबायाँ घेरिएका सल्लाहकारहरु नै उनलाई बदनाम गर्न लागिपरेको सत्तारुढ नेकपाका नेताहरुले नै टिप्पणी गर्न थालेका छन् । उनीहरुले उपयुक्त सल्लाह दिनुको साटो स्थितिलाई थप प्रतिकूल बनाउने गरेको समेत आरोप छ ।

प्रधानमन्त्रीले के गर्दा राम्रो हुन्छ, के गर्दा नराम्रो हुन्छ भन्ने कुरा सल्लाहकार समुहका सदस्यले आंकलन गरी सोही अनुसार प्रधानमन्त्रीलाई सुझाव दिनुपर्ने हो । प्रधानमन्त्री पनि एक पटक होइन पटक-पटक सबै कुरामा आफै जान्ने-बुझने जस्तो गरी प्रस्तुत हुनु कदापि राम्रो होइन । राज्य सत्ता सञ्चालन गर्ने कार्यकारी प्रमुख प्रधानमन्त्रीको सल्लाहकारहरुको योग्यता र भूमिका माथि यति धेरै प्रश्न उठेको इतिहासमै पहिलोचोटी हुनुपर्छ, यहि नै अन्तिम होस् भन्ने कामना पनि छ । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया