Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025
काठमाडौँ- माओवादी सेनाका लडाकु कमाण्डरको बैठकले दलहबीच भएको सातबुँदे सहमतिलाई अक्षरशः पालना गर्न सहयोग गर्ने निर्णय गरेको छ। एकीकृत नेकपा  (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालको निवास नयाँबजारमा हिजो बेलुका र आज बिहान बसेको बैठकले यस्तो निर्णय गरेको हो।
पछिल्लो पटक भएको सहमतिलाई कार्यान्वयन गर्न सहयोग गर्ने निर्णय गरेको माओवादी सेनाका लडाकु कमाण्डर नन्दकिशोर पुनले बताए।
उनले दलबीच मङ्गलबार भएको सहमतिको बारेमा छलफल भएको र त्यसलाई कार्यान्वयन गराउन आफ्ना सबै निकायलाई परिचालन गर्ने निर्णय भएको बताए। बैठकमा लडाकु शिविरका सातै डिभिजनका कमाण्डरको उपस्थिति थियो।
बैठकले समायोजन, पुनःस्थापन र लडाकुहरुको वर्गीकरणका लागि जाने प्राविधिक समितिका सदस्यलाई कसरी सहयोग गर्ने भन्ने सम्बन्धमा पनि छलफल भएको लडाकुका प्रवक्ता चन्द्रप्रकाश खनालले बताए।
बैठकले सेना समायोजन र पुनःस्थापनाको विषयमा गरिएको सहमतिको पक्षमा सबै लडाकुहरु रहेका र त्यसमा शङ्का नगर्न सम्बद्ध सबै पक्षलाई अनुरोधसमेत गरिएको खनालले बताए।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया