Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025
काभ्रे- गाई काटेको विषयमा विवाद हुँदा दुई युवाले आफ्नै काकालाई आक्रमण गरेका छन् । कुशादेवी–५, नागिगाउँका २२ वर्षीय पुण्यप्रसाद आचार्य र २१ वर्षीय श्याम आचार्यले काका नाताका इन्द्रप्रसाद आचार्यलाई मंगलबार बिहान दूध डेरीमा मरणासन्न हुने गरी पिटेका हुन् । २२ साउनमा गाउँकै विष्णु थापाले दुई युवालाई पाँच सय रुपियाँ र गाईको बाछो दिएर पठाएका थिए । युवाले सोहीदिन कुशादेवी– ९ स्थित चामखोलाको जंगलमा बाछो काटेर फालिदिएका थिए ।
तीनजना स्थानीय डेरीबाट दूध बोकेर कुशादेवी बजार आउने काम गर्दै आएका थिए । जानेआउने क्रममा गाई काटेर किन अपराध गरेको ? यो त हाम्रो हिन्दू धर्मअनुसार पूजा गर्ने लक्ष्मी भगवान् भन्दै इन्द्रप्रसादले गुनासो गरेका थिए । गाई काट्नेलाई कारबाहीसमेत हुन्छ भन्ने हल्ला फैलिएपछि थाहा पाउने इन्द्रप्रसादलाई केही दिनदेखि ज्यान मार्ने धम्की दिँदै आएको छोरा सीतारामले जानकारी दिए । ‘दूध लिएर डेरी आउँदै गरेका इन्द्रप्रसादलाई पुण्यप्रसादले हिर्काएर भुइँमा ढाले, त्यसपछि सँगै रहेका श्यामले लात्तीले हानेर मरणासन्न बनाए,’ इन्द्रका दाजु शिवले भने । ‘म छुट्टयाउन जाँदा घरमा गएर खुकुरी ल्याएर काट्छु भन्दै आक्रमण गरिरहे,’ उनले भने । कुटपिटपछि भेला भएका स्थानीयले दुवै युवालाई नियन्त्रणमा लिएर कुशादेवी प्रहरीमा बुझाएका छन् ।
बेहोस भएका इन्द्रप्रसादको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौं रिफर गरिएको छ । गाई काटेर आक्रमण गर्ने दुई युवा प्रहरीको नियन्त्रणमा छन् । उनीहरू तीनैजना एकीकृत नेकपा माओवादीमा आबद्ध छन् । युवाहरूले आफूहरू क्रान्तिकारी भएकाले गाई काटेकोमा पछुतो नलागेको बताएका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया