Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025
काठमाडौं- नेपालका लागि अमेरिकी राजदुत स्कट एच डेलिसीले अमेरिकाले माओवादीलाई आतंककारीको सूचीबाट हटाउनका लागि माओवादी लडाकु बाधक भएको बताउनु भएको छ ।
झापाको धुलाबारीमा आज मेची उद्योग बाणिज्य संघ मेचीनगरले राजदुतको सम्मानमा आयोजना गरेको चियापान तथा भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।
बहुदलिय र प्रजातान्त्रिक मुलुकमा एउटा राजनितीक दलको छुट्टै लडाकु दस्ता नहुने राजदुतको जोड थियो ।
माओवादी पार्टीसंग अमेरिकाको सम्बन्ध अत्यन्तै राम्रो भएको प्रष्ट पार्दे राजदुत डेलिसीले जनयुद्धका बखत माओवादीका क्रियाकलाप देखेर अमेरिकाले आतँककारीको सूचीमा राखे पनि अहिले त्यसलाई हटाउने तर्फ पहल भईरहेको उल्लेख गर्नुभयो । माओवादीको धेरै नजीक रहेर अमेरिकाले काम गरिरहेको बताउदै उहाँले पार्टी र सरकार फरक फरक हुन्छ भन्ने कुरा बुझ्न सबैलाई आग्रह गर्नुभयो ।
समय परिवर्तन हुदैछ परिवर्तित समयमा धेरै कुराको परिवर्तन हुन्छ उनले भन्नुभयो -माओवादीलाई आतँककारीको सूचीबाट हटाउन बिभिन्न समयमा छलफल भईरहेको छ । प्रजातान्त्रिक मुलुकमा पीएलए राख्न पाईदैन यसैका कारण हटाउन समस्या छ उहाँले थप्दै भर्खरै प्रमुख दलहरुले पाँचबर्षअघिदेखि अल्झेको शान्ति प्रकृया टुग्याउन गरेको सहमती सकारात्मक भएको र अमेरिका ज्यादै खुशी भएको छ तर राजनीतिक दलहरुले शान्ति प्रकृयाको प्रतिबद्धतालाई कतिको पुरा गर्छन हेर्न बाकी छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया